नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्यद्वय मल्ल र जोशीलाई पार्टी सदस्य समेतबाट निलम्बन

काठमाडौं/ पार्टी भित्र गुटबन्दी सहितका अनुशासन विपरीतका अवाञ्छित क्रियाकलाप गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले आफ्ना केन्द्रीय सचिवालय सदस्यद्वय शरण विक्रम मल्ल र महेन्द्र जोशीलाई सो पार्टीको सम्पूर्ण पदीय जिम्मेवारी सहित पार्टी सदस्य समेतबाट १ वर्षको लागि निलम्वन गरेको छ । यही पुस २६ गते बसेको उक्त पार्टीको केन्द्रीय कार्यालयको बैठकले सो निर्णय गरेको सोही पार्टीका अध्यक्ष ऋषि कट्टेलद्वारा जारी गरिएको अन्तर-पार्टी निर्देशनमा उल्लेख छ । त्यस बैठकले सोही पार्टीको सदस्यता समेतबाट निलम्बनमा परेका मल्ल र जोशी उपर लागेको अभियोग माथि थप छानविन गरी प्रतिवेदन पेश गर्न त्यसै पार्टीका केन्द्रीय सचिवालय सदस्य राजेश बान्तवाको अध्यक्षतामा ३ सदस्यीय जाँचबुझ आयोघ समेत बनाएको र सो जाँचबुझ आयोगको सदस्यमा सोही पार्टीका केन्द्रीय सचिवालय सदस्यद्वय आर.वी. भण्डारी र हरिदेव ज्ञवाली सदस्य रहनु भएको उक्त अन्तर-पार्टी निर्देशनमा उल्लेख छ । मल्ल र जोशीलाई निलम्बन गरेसँगै मल्लले सम्हाल्दै आउनु भएको त्यस पार्टीको लुम्बिनी प्रदेश समितिको ईञ्चार्जको जिम्मेवारी सोही समितिका अध्यक्ष तथा त्यसै पार्टीका केन्द्रीय सचिवालय सदस्य मंगलकृष्ण अमात्यले र बुद्धिजीवी तथा पेशागत विभागको जिम्मेवारी केन्द्रीय सचिवालय सदस्य कृष्णहरि भट्टले तथा जोशीले सम्हाल्दै आएको बागमती प्रदेश समितिको अध्यक्ष पदको जिम्मेवारी सोही समितिका सचिव तथा केन्द्रीय समिति सदस्य अर्जुन कार्कीले सम्हाल्ने गरी उहाँहरुलाई तोक्ने निर्णय गरेको समेत त्यस अन्तर-पार्टी निर्देशनमा उल्लेख छ ।

पार्टी सदस्यता समेतबाट निलम्बनमा परेका मल्ल र जोशीलाई हालै सम्पन्न सो पार्टीको एकताको दोश्रो राष्ट्रिय सम्मेलनमा गुठबन्दी गरेको , आर्थिक अपचलनजन्य गतिविधि गरेको लगायतका आरोप लगाइएको छ ।

Leave a Reply