यही जेष्ठ ११ गते नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक लालमणि आचार्य अनिवार्य अवकासमा जाने भएका छन् । उनी अवकास भएभछि रिक्त हुने अतिरिक्त महानिरीक्षक पदमा बडुवाका लागि गृह मन्त्रालयले नेपाल प्रहरीको विशेष व्युरोमा कार्यरत प्रहरी नायव महानिरीक्षक

सिद्धिविक्रम शाहलाई सिफारिस गरेको जनाएको छ ।

यसैगरी गृह मन्त्रालयले नेपाल प्रहरीका बरिष्ठ उपरीक्षकहरु सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे ,दीपेन्द्र पति क्षेत्री (बी.सी.), दीवक रेग्मी, माधबप्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दीवककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, संजिव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङलाई प्रहरी नायव महानिरीक्षक पदमा बडुवा सिफारिस गरेको जनाएको छ ।

