नेफ्स्कूनले विद्वता पुरस्कारबाट सहकारी विज्ञ डा.देशमर्दन बस्न्यातलाई प्रदान गरी सम्मान गर्ने भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को ३५औं स्थापना दिवसको अवसरमा यही साउन साउन ३१ गते काठमाडौं महानगरपालिका-३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.का प्रबन्ध निर्देशक समेत रहनु भएका सहकारी विज्ञ डा.बस्न्यातलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका सञ्चालक, नेफ्स्कूनका सल्लाहकार तथा नि:बर्तमान अध्यक्ष एवं नेफ्स्कूनको पुरस्कार तथा सम्मान उप- समितिका संयोजक डी.बी. बस्नेतले घोषणा गर्नु भएको थियो । उक्त पुरस्कार नेफ्स्कूनको आगामी वार्षिक साधारण सभाको अवसरमा प्रदान गरिने जनाइएको छ ।
नेफ्स्कूनले विद्वता पुरस्कार प्रदान गर्ने घोषण गरिएका सहकारी विज्ञ डा. देशमर्दन बस्न्यातले राष्ट्रिय सहकारी विकास बोर्डले प्रदान गरेको छात्रबृत्तिमा प्यासिफिक युनिभर्सिटीबाट २०७८ सालमा सहकारीका कर्मचारी विषयमा विद्यावारिधि गर्नु भएको थियो । वचन बचत तथा ऋण सहकारी संस्था लि.का संस्थापक सदस्य हुदै सोही संस्थाको सञ्चालक समितिको सचिव जिम्मेवारी समेत निर्वाह गरी सक्नु भएका डा.बस्न्यात सहकारीका कर्मचारी विषयमा विद्यावारिधि गर्ने नेपालमा पहिलो विद्वान हुनुहुन्छ तर काठमाडौंको तारेकेश्वर नगरपालिकाको धर्मस्थली निवासी उहाँ भन्दा अगाडि भने नेपालमा सहकारीसँग सम्बन्धित बिभिन्न विषयमा डा.ज्ञानेन्द्रप्रसाद पौडेल , डा.द्रोणलाल पुरी र डा.शिवजी सापकोटाले विद्याविरिधि गर्नु भएको थियो ।
यसैगरी नेफ्स्कूनको ३५औं स्थापना दिवसका अवसरमा यही साउन ३१ गते नै नेफस्कूनका पुरस्कार तथा सम्मान उप-समितिका संयोजक डी.बी. बस्नेतले आर्थिक वर्ष २०७८/०७९ मा उत्कृष्ट कार्य गरेका विभिन्न सहकारी संघ /संस्था एवम् व्यक्तित्वहरुलाई पनि विशेष समारोहका सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभयो । जस अनुसार नेफ्स्कून संस्थापक अध्यक्ष पुरस्कार महिलातर्फनारी सेवा बचत तथा ऋण सहकारी संस्था लि.भक्तपुरकी
नेफ्स्कून सर्वोत्कृष्ट व्यवस्थापक पुरस्कारबाट बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्था लि., काभ्रेपलाञ्चोकका प्रमुख कार्यकारी अधिकृत के.बी. लामा तथा नेफ्स्कून सर्वोत्कृष्ट कर्मचारीतर्फ बरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले र नेफ्स्कून रुपन्देही फिल्ड कार्यालयका इञ्चार्ज छत्रप्रसाद धमलालाई पुरस्कृत गर्ने घोषणा गरियो ।
त्यस्तैगरी नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट साकोस पुरस्कार प्रदेश नंं १ बाट मोरङको लेटाङमा रहेको लेटाङ बचत तथा ऋण सहकारी संस्था लि., मधेश प्रदेशबाट रोतहटको चन्द्रनिगाहपुरमा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्था लि., बागमती प्रदेशबाट काभ्रेपलाञ्चोकको बनेपामा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि., गण्डकी प्रदेशबाट गोरखाको सप्तकोशी बचत तथा ऋण सहकारी संस्था लि., लुम्बिनी प्रदेशबाट पाल्पाको रामपुरमा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लि., कर्णाली प्रदेशबाट सुर्खेतको समाज कल्याण बचत तथा ऋण सहकारी संस्था लि. र सुदूरपश्चिम प्रदेशबाट कैलालीको श्री एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्था लि. प्रदान गर्ने घोषणा गरियो ।
त्यसै प्रदेशगत उत्कृष्ट व्यवस्थापक पुरस्कार प्रदेश नंं १ बाट दाम्राभिट्टा बचत तथा ऋण सहकारी संस्था लि., ,मोरङका सोमनाथ अर्याल, मधेश प्रदेशबाट स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि.,सर्लाहीका विनोदकुमार थापा, बागमती प्रदेशबाट सामुहिक बचत तथा ऋण सहकारी संस्था लि.,भक्तपुरका कविन्द्र धौवञ्जार, गण्डकी प्रदेशबाट मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि., बर्दघाट-सुस्ता पूर्वको नवलपरासीका नरभूपाल भूषाल, लुम्बिनी प्रदेशबाट सिको बचत तथा ऋण सहकारी संस्था लि., बर्दियाका हरिहर पौडेल, कर्णाली प्रदेशबाट जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि., सुर्खेतका खुमलाल न्यौपाने र सुदूरपश्चिम प्रदेशबाट जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि., कैलालीका छविलाल जैशीलाई प्रदान गरिने भएको छ भनू ।नेफ्स्कून अग्रज व्यक्तित्व सम्मान र पुरस्कारबाट महिलातर्फ सीता भट्टराई,ईलाम र पुरुषतर्फ महेन्द्र ढकाल,सिन्धुलीलाई प्रदान गर्ने जनाइएको छ ।
त्यस्तै उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघतर्फ सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघ लि. घोषित भएको छ भने नेफ्स्कून पत्रकारिता पुरस्कार नेपालपत्र न्युज डट कमका सम्पादक माधवकुमार खड्कालाई प्रदान गर्ने घोषणा गरियो भने आर्थिक वर्ष २०७७/०७८ मा नेफ्स्कूनको फिल्ड कार्यालयहरुमध्ये कास्कीको पोखरा फिल्ड कार्यालय पुरस्कृत हुने घोषित भएको छ ।
त्यसैगरी नेफ्स्कून प्रशंसा पुरस्कारतर्फ उत्कृष्ट नेकोस प्लस सफ्टवयर प्रयोगकर्तामा सुर्खेतको शुभ बचत तथा ऋण सहकारी संस्था लि., उत्कृष्ट बचतकर्तामा धनुषाको जनकपुरधामको आस्था बचत तथा ऋण सहकारी संस्था लि. उत्कृष्ट शेयर खरीदकर्तामा कास्कीको पोखराको जय गणेश बचत तथा ऋण सहकारी संस्था लि र उत्कृष्ट लघुवित्तमा लमजुङको बेसिशहरमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.लाई पुरस्कृत गर्ने घोषणा गरिएको छ । यस्तैगरी नेफ्स्कून प्रतिभा पुरस्कारतर्फ साकोस गान ( हातमा हात मिलाउ- साथमा साथ मिलाउ) का रचनाकार प्रकाश भूर्तेल पुरस्कृत गर्ने घोषणा गरिएक छ । यस्तै
त्यस्तै साकोस एकीकरण अभियानमा उत्कृष्ट साकोस पुरस्काय तर्फ बर्दियाकै हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि.घोषित भएको छ । यो संस्थाले १४ वटा साकोससँग एकीकरण गरेको छ ।
केन्द्रीय विषयगत सहकारी संघमध्ये सबैभन्दा ठूला केन्द्रीय विषयगत संघमध्ये नेफ्स्कूनले केन्द्रीय कार्यालयका अतिरिक्त देशका बिभिन्न स्थानमा सञ्चालनमा रहेका ३६ वटा फिल्ड कार्यालयबाट आफ्ना सदस्य साकोसहरुलाई सेवा प्रवाह गरिरहेका छ । वि.सं. २०४५ साल साउन ३२ गते स्थापना भएको नेफ्स्कूनको ३५ स्थापना दिवसका अवसरमा बिभिन्न जिल्लाहरुमा कार्यक्रम भएको जानकारी प्राप्त भएको छ ।