काठमाडौं/ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेवारी पेय पदार्थलाई अन्तर्राष्ट्रिय स्तरको ब्राण्डिङ गरिने बताउनु भएको छ । आइतबार काठमाडौं महानगरपालिकाको नगर सभामा सोही महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर साहले खुल्ला मञ्च छेउमा अण्डर पार्किङ बनाउने , हरि भवनलाई पुन:निर्माण गर्ने , बस स्टपमा संस्कृति झल्किने फल्चा निर्माण गर्ने , दरबार हाइस्कूललाई अन्तर्राष्ट्रिय स्तरको विद्यालय बनाउने , काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक विद्यालय र स्वास्थ्य संस्थाहरुको स्तर बृद्धि गर्ने लगायतका योजना प्रस्तुत गर्नु भएको छ । मेयर साहले प्रस्तुत गरेको सो नीति तथा कार्यक्रम उहाँले चुनावको समयमा मतदाताहरु समक्ष गरेको प्रतिबद्धता अनुरुप रहेको देखिएको कतिपय जानकारहरुको भनाई छ ।
मेयर साहले प्रस्तुत गर्नु भ एको उक्त नीति तथा कार्यक्रम Everest Nepal TV बाट साभार गरी तल प्रस्तुत गरिएको छ ।