नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले अगाडि सार्नुभएको विचारको जगमा टेकेर नेपाली कम्युनिष्ट आन्दोलन अगाडि बढाउनु पर्नेमा पुष्पलाल विचार प्रवर्धन केन्द्रले २०८१ माघ ४ गते शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा आयोजना गरेको “कमरेड पुष्पलाल र नेपाली कम्युनिष्ट आन्दोलनको अबको बाटो” विषयक अन्तर्क्रियात्मक गोष्ठीका बक्ताहरुले बताएका छन् । सो गोष्ठीमा अध्यक्षता गर्दै सोही प्रतिष्ठानका अध्यक्ष खेमनारायण ढुंगानाले प्रस्तुतु गर्नुभएको कार्यपत्रमाथि आफ्नो विचार व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले कामरेड पुष्पलालको विचारको जगमा टेकेर बदलिएको समय र परिस्थिति अनुरुपको कार्यदिशा तय गरेर नेपाली कम्युनिष्ट आन्दोलन अगाडि बढाउनु पर्ने बताउनुभयो । उहाँले एमाले, माके लगायतले नेपाली कम्युनिष्ट आन्दोलनमा छरेको भ्रम चिरेर क्रान्तिकारी कम्युनिष्टहरु अगाडि बढ्नु पर्नेमा जोड दिदै उहाँले ‘नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गरि समाजवादको दिशामा अगाडि बढ्नुपर्छ भन्ने विचारका पक्षधरहरु एकजुट बन्नुपर्छ’, भन्नुभयो । उहाँले असफलता ब्यहोरिरहेको अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनले संसदवाद विकल्प खोज्नु पर्नेमा जोड दिनुभयो ।
सो कार्यपत्रमाथि आफ्नो विचार व्यक्त गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता रामसिंह श्रीस बुढाथकीले वि.सं.२००७,२०४६ र २०६२/०६३ को जन-आन्दोलनबाट केही सुधार भएपनि मुलुकमा आमूल परिवर्तन भने नभएको बताउदै हिजो कामरेड पुष्पलाललाई गद्दार भन्नेहरुले नै नेपाली कम्युनिष्ट आन्दोलमाथि गद्दारी गरेको बताउनुभयो । उहाँले परिवर्तनका पक्षधरहरु वीच मुलुकका साझा सवालमा सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
कार्यपत्रमाथि आफ्नो विचार व्यक्त गर्दै विद्वान डा.केशव खड्काले दुबै संविधान सभा र २०७४ सालको चुनावपछिको संसदमा वामपन्थीहरुको बलियो उपस्थिति रहेपनि तिनले जनताको पक्षमा काम गर्न नसकेकोले श्रमजीवी वर्गको निम्ति संसदवादको औचित्य नरहेको पुष्टि भएको बताउनुभयो ।
कार्यपत्रमाथि माथि आफ्नो विचार व्यक्त गर्दै नेेपाल कम्युनिष्ट पार्टी (२००६) का अध्यक्ष टंकनाथ पौडेलले कम्युनिष्ट पार्टीले आफ्नो नीति अनुरुप साझा कृषि फर्म सञ्चालन गरि जनतामा समाजवादको नमुना प्रस्तुत गरि सच्चा कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण बढाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै नेकपा (१५ सेप्टेेम्बर ,१९४९) का पोलिटव्युरो सदस्य

टंक भट्टराईले ‘कमरेड पुष्पलालको विचारको जगबाट नेपाली कम्युनिष्ट आन्दोलन अगाडि बढानुपर्छ’, भन्नुभयो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै नयाँ जनवादी मोर्चाका संयोजक दिनेश बर्तौलाले गोष्ठी र अन्तर्क्रियाले मात्र श्रमजीवी जनताको समस्या समाधान गर्न नसकिने विचार व्यक्त गर्नुभयो ।
गोष्टीमा आफ्नो विचार व्यक्त गर्दै पूर्व सांसद टंक पोखरेलले संविधान सभाले जारी गरेको संविधानको जगमा उभिएर राष्ट्रिय एकता कायम गर्नु पर्नेमा जोड दिनुभयो ।
गोष्ठीमा कार्यपत्रमाथि टिप्पणी पुष्पलाल अध्ययन समाजका महासचिव मुकुन्द आचार्यले कमरेड पुष्पलालले लेखेको नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्रको प्रस्तावना पुष्पलाल स्मृति प्रतिष्ठानले परिवर्तन गरेको भन्दै सो कार्यको विरोध गर्नुभयो । उहाँले संघर्षका विभिन्न रुप उपयोग गर्ने नीति अनुरुप कम्युनिष्ट पार्टीलृे चुनावमा भाग लिएर जनताबीच आफ्ना विचार लिएर जानु पर्ने बताउनुभयो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै मार्क्सवादी तथा पुष्पलाल विचार मञ्चका अध्यक्ष कौशल अधिकारीले कमरेड पुष्पलालले अगाडि सारेका विचारले मात्र नेपाली समाज रुपान्तरण हुने बताउनुभयो ।
यस्तै अखिल नेपाल पेशागत तथा बुद्धिजीवी युनियनका संयोजक डा.मोहन सिंह प्रधानले नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी पार्टी भएकोले आफू यहाँ रहेको बताउनुभयो । विज्ञान र प्रविधिको उपयोग गर्नु पर्नेमा जोड दिदै उहाँले वैज्ञानिक अल्बर्ट आन्ष्टाइनको थेउरीलाई आफूले शुत्रमा कन्भर्ट गरेर व्यबहारिक जीवनमा उपयोग गरिरहेको जानकारी दिनुभयो ।
पुष्पलाल विचार प्रबर्धन केन्द्रकी सचिव शशिकला घिमिरेले सञ्चालन र उक्त केन्द्रकी सदस्य भवानी के.सी.ले धन्यबाद ज्ञापन गरेको त्यस गोष्ठीमा पिपुल्स फोर्स नेपालका नेता जीवन्द्र नीलगगनले नेपाली किसानहरुले भोगिरहेका समस्याको बारेमा चर्चा गर्दै सबै मिलेर भूमिहीन किसानलाई जमिन दिलाउनु पर्नेमा जोड दिनुभयो ।
गोष्ठीमा सहभागीहरुले उठाएका सवालको जवाफ दिदै गोष्ठीको अध्यक्षता गर्नुभएका पुष्पलाल विचार प्रबर्धन केन्द्रका अध्यक्ष

ढुंगानाले बक्ताहरुले कार्यपत्रलाई समर्थन गरेको भन्दै त्यसका लागि सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
सो गोष्ठीमा छलफलका लागि प्रस्तुत भएको कार्यपत्र





