पूर्व अर्थ सचिव एवं नेपाल राष्ट्र बैकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन

पूर्व अर्थ सचिव तथा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर एवं हिमालयन बैंक लि.का संस्थापक हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा आज विहान ६:३० बजे काठमाडौंको थापाधलीस्थिन नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ । दिवंगत जबराको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा अन्तेष्टि गर्ने पारिवारिक श्रोतले जनाएको छ । उहाँका दुई छोरी र दुई छोरा छन् ।

दिवंगत जबराले सन् १९६२ देखि सन् १९८६ सम्म संयुक्त राष्ट्र संघको विकास कार्यक्रम अन्तर्गत रही विभिन्न देशमा प्रतिनिधिको रुपमा समेत काम गरेको जानकारहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *