काठमाडौं / नेकपा(एमाले) का खनाल-नेपाल खेमाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या आएपछि आज नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका पूर्व प्रधानमन्त्री खनाललाई अक्सिजन लगाएर उपचार गरिरहेको बताइएको छ । उहाँलाई सो अस्पतालको आकस्मिक कक्षबाट वार्डमा सारिएको र अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।