काठमाडौं/ नेपाल आयल निगम लिमिटेडले एक साता भित्र पुन: गरेको मुल्य बृद्धिको विरोध भइरहेको छ । नेपाल कम्युनिष्ट पार्टी लगायतका राजनीतिक दल तथा अखिल नेपाल विद्यार्थी यूनियन , अखिल (क्रान्तिकारी) लगायतले त्यसको घोर विरोध गर्दै उक्त मुल्य बृद्धि अविलम्व खारेज गर्न
यसैगरी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका सचिव राजकुमार थापाले जनताको ढाड भाच्चिने गरी गरेको मुल्य बृद्धि अविलम्व फिर्ता गर्नु पर्ने बताउनुभएको छ । अगलपथसँग संक्षिप्त कुरा गर्दै उहाँले कोरोना महामारीबाट पीडित नेपाली जनतालाई आकाशिएको महङ्गीले पीडा थपेकोले सरकारले महङ्गी नियन्त्रण गर्ने र आर्थिक विपन्न जनतालाई राहत प्रदान गर्ने कार्यक्रम अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।
यही बैशाख ३१ गते नेपाल आयल निगम लिमिटेडले पेट्रोल , डिजेल र मट्टितेलमा प्रति लीटर रु१० मुल्य बढाएको थियो भने त्यसको एक सातापछि नै पेट्रोल , डिजेल मट्टइतेल र हवाई इन्धनमा प्रति लीटर रु.१० र एल.पी. ग्यासमा रु.२०० बढाएको छ ।
संयुक्त विद्यार्थी संगठनद्वारा मुल्य बृद्धिको विरोध
संयुक्त विद्यार्थी संगठनले पुन: पेट्रोलियम पदार्थको मुल्य बृद्धि गर्दै सो मुल्य बृद्धि अविलम्ब फिर्ता लिन माग गरेको छ । यदी उक्त मुल्य बृद्धिको निर्णय फिर्ता नलिए संघर्षमा उत्रने संयुक्त विद्यार्थी संगठनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।