गठबन्धन दलहरुको सहयोगमा तेश्रो पटक प्रधानमन्त्री बनेका भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले आज साझ भारतको प्रधानमन्त्री पदको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ । सो सपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनु हुने भएको छ । त्यसका लागि आज उहाँ छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी , परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल लगायतलाई लिएर नयाँ दिल्ली जाँदै हुनुहुन्छ । प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङघे , माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे , मोरिसस्का प्रधानमन्त्री प्रविन्द जगन्नाथ लगायत सहभागी हुने बताइएको छ । प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी विदेशी पाहुनालाई भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आजै साझ रात्री भोजको आयोजना गर्ने सञ्चार माध्यमहरुले जनाएका छन् ।
प. जवहारलाल नेरूपछि भारतको इतिहासमा पहिलो पटक भाजपाका नेता नरेन्द्र मोदी लगातार तेश्रो कार्यकाल प्रधानमन्त्री बन्दै हुनुहुन्छ । सन् २०१४ र २०१९ मा भारतमा बहुमतको सरकारको नेतृत्व गरेका भाजपाका नेता मोदी यो पटक भने गठबन्धन दलको सहयोगमा प्रधानमन्त्री बन्दै हुनुहुन्छ । लोक सभामा दुई तिहाई बहुमत हासिल गरि भारतको संविधान संशोधन गरेर भारतलाई हिन्दू राष्ट्र घोषणा गर्ने मुद्धा बोकेर ७ चरणमा गरि गत जन १ तारेकमा सम्पन्न लोक सभा चुनाव होमिएको भाजपाले ५ वर्ष अघि पाएको ५३ सिट गुमाएर २४० सिटमा खुम्चिन पुग्यो भने भाजपा सहितको एनडीए गठबन्धन ३५७ सिटबाट खुम्चिएर २९२ सिटमा सिमित भयो । यता ५ वर्ष अघि ५२ सिटमा खुम्चिएको कंग्रेस आईले यस पटक ९९ सिट जित्यो भने ५ वर्ष अघि ९४ सिटमा सिमित कंग्रेस आई सहितको इण्डिया गठबन्धनले यस पटक २३१ सिट जित्यो । यश पटक भारतीय कम्युनिष्ट पार्टीको अलायन्सले ४ सिट जित्यो । अघिल्लो चुनावमा २ मध्ये १ सिटमा पराजय बेहोरेका कंग्रेस आईका नेता राहुल गान्धीले यस पटक भने भारी मतका साथ दुबै सिटबाट चुनाव जित्नुभयो