नेेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरको आज मध्यरातबाट ३० वर्षे प्रहरी सेवा पूरा भई अनिवार्य अवकाश हदैछ । कुँवरको अवकाशपछि रिक्त हुन लागेको नेपाल प्रहरीको महानिरीक्षक पदमा पहिलो नम्बरमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापालाई नेपाल सरकारले आज नियुक्त गरेको छ । ३०औं प्रहरी महानिरीक्षक बनेका कुँवरपछि थापा पहिलो नम्बरको अतिरिक्त प्रहरी महानिरीक्षकबाट बडुवा भएर नेपाल प्रहरीको महानिरीक्षक बनेका हुन् । कुँवर भन्दा अघिका प्रहरी महानिरीक्षक बडुवा विवाद रहित थिएन ।
भक्तपुरको साविक सिपाडोल गा.वि.स.का बासिन्दा थापा शिक्षण पेशा हुँदै प्रहरी सेवा प्रवेश गरेको बताइएको छ । नयाँ प्रहरी ऐन नआएमा उनी पनि ६ महिनापछि ३० वर्षे प्रहरी सेवा पूरा भई अनिवार्य अवकाशमा जाने छन् ।
यता ३० वर्षे प्रहरी सेवा पूरा गरि अनिवार्य अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको सम्मानमा प्रहरी प्रधान कार्यालय नक्सालमा बिदाई कार्यक्रम आयोजना गरिएको जनाइएको छ । हिजो उनको सम्मानमा शसस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा बिदाई कार्यक्रम आयोजना गरिएको थियो ।
अबकाशमा जान लागेका प्रहरी महानिरीक्षक कुँवर आफू प्रहरी महानिरीक्षक बनेयता कुनै न कुनै विवादको घेरामा परेको जानकारहरु बताउछन् ।