प्राकृतिक विपत्तिमा सहयोगको लागि नेफ्स्कून र कृषि सहकारी संघको आग्रह

काठमाडौं/ देशभरका बचत तथा ऋण सहकारी संघ/संस्थाहरुको छाता संघ नेफ्स्कूनले यही असोज ३० गतेदेखि परेको अविरल वर्षाका कारण गएको बाढी पहिरोबाट पीडितहरुको सहयोगको लागि आग्रह गरेको छ । नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख चन्द्रप्रसाद ढकालद्वारा जारी गरिएको विज्ञप्तिमा प्राकृतिक विपत्तिमा सहयोगको लागि अनुरोध गरिएको छ ।

शनिवारदेखि परेको वर्षातका कारण देशका १७ वटा जिल्लामा ९० जना भन्दा बढीका ज्यान गएको छ । बाढी पहिरोमा परी दर्जन बढी बेपत्ता छन् भने घाइतेहरुको संख्या पनि ठूलै छ । बाढी पहिरोले भौतिक संरचना सहित धेरै ठूलो परिमाणमा धनको क्षति भएको छ । यसैगरी धेरै कृषकको फलेको धान नष्ट भएको छ , जसका कारण धेरै कृषकको घरमा रुवाबासी छ ।

यस्तै, वर्षाकै कारण रतुवा खोलाको बाढीले दमक नगरपालिका-७, गार्डबानका ७ वटा घर भत्काएर क्षति गरेको छ तर त्यहाघ मानवीय क्षति भने भएको छैन ।

यसैगरी नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.ले पनि प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्न आग्रह गरेको छ ।

Leave a Reply