कतारमा हिजोदेखि शुरु भएको २२औं संस्करण फिफा विश्वकप फुटबलको लिग चरणको समूह ‘बी’ को पहिलो खेलमा इरान माथि २ का विरुद्ध ६ गोल गरी सानदार जित हासिल गरेको छ । खालिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको उक्त इङ्ल्याण्डका कप्तान ह्यारी क्यानले २ गोलका लागि सहयोग गरेका थिए । सो खेलको पहिलो हापमा इङ्ल्याण्डका खेलाडी जुङ बेहलिङ्घहमले ३५औं र रहिम स्टरलिङले इञ्जुरी समयमा गोल गरेका थिए भने खेलको दोश्रो हापको ६२औं र ६३औं मिनेटमा गोल गरे । त्यसैगरी बैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका मार्कुस रासफोर्डले ७१औं मिनेटमा तथा ग्रेलिसले ९०औं मिनेटमा गोल गरी यो विश्वकप फुटबलमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ । इरानका मेहदी तारेमीले खेलको दोश्रो हापको ६५औ मिनेटमा र इञ्जुरी समयमा पेनाल्टीबाट गरी २ गोल गरेपनि इरानलाई हारबाट जोगाउन भने सकेनन् । यो खेलबाट इङ्ल्याण्डले ३ अंक जोडेको छ । यस खेलको १०औं मिनेटमा आफ्नै खेलाडीसँग ठोक्किएपछि इरानका गोल किपर एलिरेजा बेइरानभाण्ड गम्भिर घाइते भएर मैदानबाट बाहिरिएका थिए ।
खेल शुरु हुनु अघि बजेको आफ्नो राष्ट्रिय गान बझ्दा इरानी खेलाडीहरु मौन रहेपछि यसलाई लिएर विभिन्न टिका टिप्पणी भइरहेको देखिएको छ ।
अहिले लिग चरण अन्तर्गत समूह ‘ए’ मा रहेका नेदरल्याण्ड्स र सेनेगल बीच खेल भइरहेको छ भने
भरे राती १२:४५ बजे समूह ‘बी’ मा रहेका संयुक्त राज्य अमेरिका र वेल्स बीच लिग चरण दोश्रो खेल हुने छ ।