बझाङ क मा एमालेका भण्डारीको विजयले नेपाली काग्रेस भित्र निराशा ,३ जना उम्मेद्वारले मात्रै जमानत जोगाए

गत शनिबार सम्पन्न बझाङ-क क्षेत्रको सुदूरपश्चिम प्रदेश सभा सदस्य पदको निर्वाचनमा नेकपा (एमाले)का उम्मेद्वार दमनबहादुर भण्डारी ११,६१३ मत प्राप्त गरि विजय भईसँगै नेकपा (एमाले)भित्र खुशियाली छाएको छ । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अभिशेकबहादुर सिंहलाई २६७ मतान्तरले पछि पारेर विजय भएका नेकपा (एमाले)का भण्डारीलाई सोही पार्टीका अध्यक्ष खड्गप्रसाद शर्मा ओली लगायतले बधाई दिएका छन ।

यता गठबन्धनको बलमा वि.सं.२०७९ सालमा सम्पन्न सुदूरपश्चिम प्रदेश सभा सदस्य पदको निर्वाचनमा आफूले जितेको सो क्षेत्रको बर्चस्व गुमाउनु पर्दा नेपाली कांग्रेस भित्र निराशा छाएको देखिएको छ । वि.सं. २०७९ सालको निर्वाचनमा स‍ो क्षेत्रबाट निर्वाचित भएर सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि पार्टीभित्र विरोध हुदाहुदै पनप दिवंगत सिंहकै छोरा अभिशेकबहादुर सिंहले ११,३४६ मत पाएपनि जीतको खाता खोल्न सकेनन् ।

यो उप-निर्वाचनमा नेकपा (माके)का जनकबहादुर बुढाले ३,८३१ , नेकपा (एस)का दिलबहादुर सिंहले २,५१४ , राप्रपाका किशोरकुमार खड्काले २४२ , जनता समाजवादी पार्टी , नेपालका रामबहादुुर जाग्रीले ४४, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापाले ३५, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्काले २८, जनमत पार्टीकी सुशिलादेवी बिष्टले २६, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाहीले २४ र नेशनल रिपब्लिक नेपालका कमल घर्ती मगरले २ मत प्राप्त गरेको निर्वाचन आय‍ोग,नेपालले जनाएक‍ो छ ।

बझाङ क क्षेत्रको यो उप-निर्वाचनमा खसेको जम्मा मतमध्ये १० प्रतिशत भन्दा बढी मत पाएका नेकपा (एमाले)का दमनबहादुर भण्डारी, नेपाली कांग्रेसका अभिशेकबहादुर सिंह र नेकपा (माके)का जनकबहादुर बुढाले मात्र आफ्नो जमानत जोगाएका छन् । बाँकी ८ जना उम्मेद्वारले भने जम्मा खसेको मतमध्ये १० प्रतिशत मत पाउन नसक्ता जमानत ज‍ोगाउन सकेनन् ।

बझाङ-क को यो उप-निर्वाचनमा ५० प्रतिशत भन्दा कम मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *