बागमती प्रदेश सरकार, संस्कृति ,पर्यटन तथा सहकारी मन्त्रालयले सहकारी संस्थाबाट लिएको ऋण तिर्न ऋणी सदस्यलाई आग्रह गर्दै सो ऋण नतिर्ने ऋणी सदस्यलाई कानून बमोजिम कारबाही गर्ने जनाएको छ । उक्त मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा सो कुरा उल्लेख छ ।

हल्लाको पछि लागेर सहकारी संस्थाबाट लिएको ऋण तिर्न सक्ने सदस्यले पनि आफूले नियमानुसार तिर्नु पर्ने ऋण समयमा नतिर्दा सहकारीमा समस्या बढ्दै गएको देखिएको छ ।