बुटवलको लुम्बिनी साकोसमा लोकेश्वर साकोसको भ्रमण

रुपन्देहीको बुटवलस्थित लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इतनछें, भक्तपुरले स्थलगत सहकारी अवलोकन भ्रमण सम्पन्न गरेको छ । २०८१ चैत्र ४ गते, सोमबारका दिन सम्पन्न उक्त भ्रमणको औपचारिक कार्यक्रममा दुबै संस्थाहरु बीच सहकारी सम्बन्धी विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको थियो । अन्तरक्रिया कार्यक्रममा लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष

राजन जतिले हाम्रो सहकारी संस्थाबाट हरेक वर्ष सहकारी अध्ययन अवलोकन हुँदै आएको र सहकारी मैत्री अध्ययन अवलोकन भ्रमणको सहकारीमा महत्व र उपलब्धीहरुका साथै सदस्यहरुलाई सहकारीले दिदै आएको बतनउदै विभिन्न सेवा सुविधा, सांस्कृतिक र सामाजिक उत्तरदायित्व बहन गर्ने गतिविधिहरु सम्बन्धी जानकारी दिनु भएको थियो । उहाँले हाल सरकारले ल्याएको अध्यादेशबाट सहकारीलाई हित नहुने र अध्यादेशमा समवेश भएका संशोधन गर्नुपर्ने बुदाहरु सम्बन्धी जानकारी दिनुभयो ।
कार्यक्रममा लुम्बिीनी बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक विनोदप्रताप जवराले उक्त संस्थामा व्यवस्था भएका विभिन्न बचत तथा ऋण लगायत संस्थाबाट गर्दै आएका विविध गतिविधि बारे प्रकाश पार्नु भएको थियो भने सोही सहकारी संस्थाका अध्यक्ष महेन्द्रप्रसाद श्रेष्ठले अध्ययन टोलीलाई स्वागत गर्दै सहकारीले स्थापनाकालदेखि हालसम्मको अवस्थामा आउ“दा गर्दै आएको महत्वपूर्ण गतिविधि र प्रगतिको बारेमा जानकारी दिनुका साथै सहकारी अध्ययन भ्रमण गर्नुभएकोमा लोकेश्वर साकोसलाई धन्यावाद दिनुभयो ।

उक्त कार्यक्रममा दुबै सहकारी संस्थाबाट मायाको चिनो र आर्थिक प्रगति प्रतिवेदनका साथै संस्थाका आ-आफ्नो प्रकाशित बुलेटिन आदान प्रदान भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *