भक्तपुरको क्षेत्र नं. २ मा मलाई कसैले हराउन सक्तैन : महेश बस्नेत

नेकपा (एमाले)का नेता तथा सांसद महेश बस्नेतले ‘भक्तपुरको क्षेत्र नं.२ मा इन्द्रेको बाउ चन्द्रे आएपनि मलाई कसैले पनि हराउन सक्तैन’, भन्नुभयो । आज सम्पन्न भएको भक्तपुरको गाम्चा चोकमा आफ्नै बहुउद्देश्यीय भवनबाट सञ्चालन भइरहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को १४औ वार्षिक साधारण सभामा उद्घाटन मन्तव्य व्यक्त गर्दै सांसद तथा भूतपूर्व उद्योग मन्त्री बस्नेतले गुण्डागर्दी गरेको भनेर आफ्नो बारेमा गलत प्रचार भएको छ तर म २२ वर्षको उमेरमा गा.वि.स.अध्यक्ष निर्वाचित भएको व्यक्ति हुँ , मैले आजसम्म कहिल्यै गुण्डागर्दी गरेको छैन तर गुण्डाहरुलाई भने आफूले तह लगाउदै आएको बताउनुभयो । आफ्नो ५ वर्षे कार्यकालमा सबैको साथ र सहयोगले आफूले सोचे भन्दा बढी विकास निर्माणका काम गर्न सकिएको बताउदै उहाँले आफ्नो पहलमा गरेका कार्यको विवरण प्रस्तुत गर्नुभयो । विकासका भौतिक संरचना बनाउदा कसैको घर भत्काउनु पर्दा सम्बन्धित व्यक्तिलाई विकल्प सहित क्षतिपूर्ति प्रदान गर्दै आएको र विकास निर्माण गर्दा कसैको घर भत्काउनु परे उसलाई विकल्प सहितको क्षतिपूर्ति दिनु पर्ने पक्षमा आफू उभिएको बताउनुभयो । गठबन्धन सरकार आएपछि भक्तपुर जिल्ला क्षेत्र नं. २ का विकास निर्माण योजना कटौती भएको उहाँको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *