सहकारी विभागको ३५ बुँदे निर्देशन, कोपमिस र GOAML विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

भक्तपुर/ भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीले समुदायमा आधारित र सदस्य केन्द्रित भई सञ्चालन भइरहेका सहकारी संस्थाहरुले सहकारीको सही मोडेलको परिचय दिएको बताउनुभयो । यही असार ११ गते भक्तपुरको खँचा स्थित सिद्धि गणेश तालिम हलमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को भक्तपुर नगर सहकारी समन्वय उपसमितिको आयोजनामा “सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन, COPMIS र GOAML” विषयक सिद्धि गणेश तालिम हलमा खँचा, भक्तपुमा नगरस्तरीय अन्तर्क्रिया कार्यक्रममकी प्रमुख आतिथि उपमेयर जोशीले सो कुरा बताउदै उहाँले सहकारीको शुसानका लागि जारी ३५ बुँदे निर्देशन , कोपोमिसले सहकारी संस्थालाई अझ सुशासित हुन, सहकारीको तथ्यांकलाई सुव्यवस्थापन गर्न र सहकारीको सम्पति शुद्धिकरण निवारणका व्यवस्थाहरु अनलाइन मार्फत प्रतिवेदनहरु पेश तथा अद्यावधी गर्न मद्दत गर्ने भएकोले सम्पूर्ण सहकारी संस्थाले त्यसको कार्यान्वनमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले जसरी भक्तपुर नगरपालिका ख्वप मोडेलको उदाहरण बन्न सक्यो, त्यसरी नै सहकारी क्षेत्रमा पनि भक्तपुर नगरपालिका भित्रका सहकारीहरु नमुना बन्नको लागि समेत शुभकामना व्यक्त गर्नुभयो ।

त्यसै कार्यक्रममा उक्त संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन विषयमा प्रस्तुती गर्दै निर्देशन सकारात्मक रहेको बताउनुभयो । उहाँले सो निर्देशनमा हाल प्रक्रिया नपु-याई दर्ता भएका बहुउद्देश्यीय सहकारीबारे भने मौन देखिएको र सहकारी सबैले वेवसाइट राख्ने र अद्यावधि गर्न नसकिने हुँदा सहकारीको कारोबारको आधारमा बर्गिकरण गरी अनिवार्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै सो संघका सचिव एवम् उपसमितिका संयोजक जगनाथ प्रजापतिले त्यस कार्यक्रममा प्रस्तुत भएको ३५ बुँदे निर्देशन, कोपमिस र GOAML मा आबद्ध हुनु अनुरोध गर्नुभयो । उहाँले हाल सहकारीमा सुशासनकै अभावमा सञ्चालकले घर जग्गामा लगानी, सञ्चालकको स्वार्थ र कर्मचारीको बदमासीले समस्याहरु देखिएको छ भन्दै ती समस्याले गर्दा सही ढंगले सञ्चालन गरेका सहकारीलाई पनि लज्जित र अविश्वासको वातावरण सिर्जना हुनेतर्फ सचेत गराउनुभयो ।

कार्यक्रममा सोही संघका व्यवस्थापक बालकृष्ण धोजुले कोपमिसको परिचय, कोपमिस प्रयोग गर्दाको फाइदा र हाल कोपमिसमा भएको अद्यावधिका बारेमा प्रस्तुती गर्नुभयो । उहाँले GOAML मा दर्ता र प्रतिवेदनहरु कसरी अनलाइनबाट बुझाउने भन्नेबारेमा समेत प्रस्तुतीकरण गर्नुभयो । राज्यले सहकारी प्रबर्द्धन र विकासको लागि नै नयाँ प्रविधिहरुको विकास गर्ने भएकोले सकारात्मक सोचका साथ कोपमिस र GOAML सफ्वेयरमा आबद्ध भई त्यसलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभयो ‌।

उपसमितिका सदस्य अनिल कुमार सुवालले स्वागत मन्तव्य र उप-समिति कै सदस्य राजन जतिले सञ्चालन गर्नु भ एको त्यस अन्तर्क्रिया कार्यक्रममा भक्तपुर नगरका सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक गरी १२४ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *