६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा काटमाडौं महानगरपालिका-३२, सहयोगीनगर,कोटेश्वरमा सञ्चालन भइरहेको भद्रावती बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा २०८१ चैत्र १६ गते श्रीकृष्ण कुञ्ज सहयोगीनगर सामुदायिक समाज , कोटेश्वरमा बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । कान्तिपुर हस्पिटल ब्लड ट्रा्सफ्युजन सर्भिसको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ६६ जना रक्तदाताले रक्तदान गरेको त्यसै संस्थाका व्यवस्थापक पदम श्रेष्ठको भनाई छ । रक्तदाताहरुलाई सोही संस्थाका अध्यक्ष जयबहादुर खड्का लगायतले धन्यबाद सहित प्रमाण-पत्र प्रदान गर्नुभयो । रक्तदान कार्यक्रममा सो संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु , शेयर सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सहकारी सिद्धान्त, मुल्य र मान्यता अनुरुप समुदायमा आधारित रही राम्रोसँग सञ्चालन भइरहेको यो संस्थाले राष्ट्रिय सहकारी दिवसको अवसर पारेर विगत ४ वर्षदेखि नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको त्यसै संस्थाका कोषाध्यक्ष किशोर श्रेष्ठले बताउनुभयो ।









