भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीको पार्थिव शरीर दिइयो अस्पताललाई

स्वासप्रश्वास रोगबाट पीडित भएपछि उपचाररत रहेको अवस्थामा भारतको राजधानी नयाँदिल्लीस्थित अल इण्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेसमा हिजो ७२ वर्षको उमेरमा निधन भएका भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीको पार्थिव शरीर अन्तेष्टि नगरिने भएको छ । दिवंगत यचुरीको परिवारले उहाँको पार्थिव अल इण्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेसलाई दान दिएको अल इण्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेसले जनाएको छ ।

दिवंगत यचुरीको निधनप्रति नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल लगायतले शोक व्यक्त गरेका छन् ।

सन् १९५२ अगष्ट १२ मा तमिलनाडुको चेन्नईमा जन्मिएका यचुरी भारतीय राजनीतिमा प्रभावशाली मानिनुहुन्थ्यो । नयाँदिल्लीस्थित जवाहारलाल नेहरु विश्वविद्यालयबाट पोष्ट ग्रेेजुएशन गरेका यचुरी सन् १९७४ मा स्टुडेण्ट्स फेडेरेशन अफ इण्डिया (SFI) मा प्रवेश गर्नुभएको थियो । सन् १९७५ मा भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) प्रवेश गरेका यचुरीले तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९७५ देखि सन् १९७७ सम्म लगाएको संकटकालको विरोध गर्दै कम्युनिष्ट आन्दोलनको पक्षमा जनमत बनाउन डटेर लाग्नुभएको थियो । उहाँ सन् २०१५ देखि भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)को महासचिव हुनुहुन्थ्यो । सन् २००५ देखि सन् २०१७ सम्म भारतक‍ माथिल्लो सदन राज्य सभाको सदस्य रहेका यचुरीले नेपाल शान्ति प्रक्रियामा समेत य‍ोगदान पु-याएको कतिपय जानकारहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *