आज विहान काठमाडौं महानगरपालिका -२४, मख्खनगल्लीमा रहेको दयाराम श्रेष्ठको घरमा लागेको आगोले जलेर सोही घरको चौथो तलामा बसोबास गर्दै आएकी काभ्रेपलाञ्चोककी ८० वर्षया विष्णु अधिकारीको निधन भएको छ । सोही घरको तेश्रो तलामा खाना पकाउने ग्यास सिलिण्डर लिक भएर आगो लागेको थाहा पाएपछि उक्त घरमा रहेका अधिकारी बाहेकका सबै जना घर बाहिर निस्किा सकेपनि मृतक अधिकारी भने बाहिर निस्किन नसकेको र आग निभाउने क्रममा उनको शव भेटिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
मृतक अधिकारीले बाटोमा छेउमा नाङ्ले पसल गरी जीविका चलाउदै आएकी जानकारहरु बताउछन् ।