मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने :परमादेशप्रति असन्तुष्टी

मंगलबार सर्वोच्च अदालतले २४ घण्टाभित्र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेश सभाबाट विश्वासको मत लिन र अन्यथा अर्को संवैधानिक प्रक्रिया अगाडि बढाउन परमादेश जारी गरेका कारण आज विहान ८ बजे मुख्यमन्त्री यादवले मधेश प्रदेश सभाबाट विश्वासको मत लिनु हुने भएको छ । मंगलबार मख्यमन्त्री यादवले मधेश प्रदेश सभालाई पत्र लेखेर आज विहान ८ बजेका लागि विश्वासको मत लिने गरि सो प्रदेश सभाको बैठक आह्वान गर्न अनुरोध गरी पत्र लेखेको सञ्चारकर्मीहरुलाई बताउनुभयो । उहाँले आफूले संविधानको शिरोपर गर्ने बताउदै सर्वोच्च अदालतले जारी गरेको परमादेशको पत्र मुख्यमन्त्री कार्यालयमामा नआएकोले आफूले मधेश प्रदेश प्रमुखको कार्यालयबाट परमादेशको पत्रको प्रतिलिपि लिएको जानकारी दिनुभयो । संविधानमा मुख्यमन्त्रीले आफू मुख्यमन्त्री बनेको ३० दिनभित्र विश्वासको मत लिने सक्ने व्यवस्था रहेको भन्दै सर्वोच्च अदालतको सो परमादेशप्रति असन्तुष्टी जनाउनुभयो ।

सर्वोच्च अदालतको परमादेशपछि मधेश प्रदेशको राजनीति तरङ्गित बनेको छ ।

२१ दिन अघि सुटुक्क बर्दिबासस्थित पानस होटलमा तत्कालीन मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेकपा (एमाले)का मधेश प्रदेश सभा दलका नेता सरोजकुमार यादवलाई नेपालको संविधान,२०७२ को धारा १६८ को उपभारा ३ अनुसार मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरि सपथ ग्रहण गराउनुभएको थियो । त्यसपछि मधेश प्रदेशको राजनीतिक विवाद उत्कर्षमा पुग्यो । असन्तुष्ट समूहले मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा तोडफोड गरे भने प्रधानमन्त्री सुशिला कार्कीको सिफाारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुख पदबाट सुमित्रा भण्डारीलाई बर्खास्त गरि सुरेेेेन्द्रलाल कर्णलाई मधेश प्रदेश प्रमुख नियुक्त गर्नु भयो । यसैगरी मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल विरुद्ध मधेश प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *