आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा हिमाल पारिको जिल्ला मुस्ताङबाट विजयको खाता खोलेको नेपाली कांग्रेसले हिमाल पारिको अर्को जिल्ला मनाङको प्रतिनिधि सभा सदस्यमा पनि विजय हासिल गरेको छ । पूर्व मन्त्री समेत रहेका नेपाली कांग्रेसका टेकबहादुर गुरुङ २,५७५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का पोल्देन छोपाङले २,२४७ मत प्राप्त गर्नुभयो ।
मनाङको दूबै प्रदेश सभाको नतिजा यस अगाडि नै सार्वजनिक भएको छ । मुस्ताङमा जसरी नै यो जिल्लामा पनि नेकपा (एमाले)का प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेद्वार पराजित भएका थिए ।
मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित टेकबहादुर गुरुङ विरुद्ध भ्रष्टाचार मुद्धा विचाराधिन भएकोले उहाँका लागि संसद भवनमा प्रवेश गर्न कठिन हुने कतिपयको बुझाई छ ।