काठमाडौं/ पेट्रोलियम पदार्थको मुल्य बृद्धि तथा आकाशिएको महङ्गीको विरोधमा बिहीबार संयुक्त ट्रेड यूनियन संघर्ष समितिले काठमाडौंमा -याली सहित विरोध प्रदर्शन ग-यो । काठमाडौंको माइतीघर मण्डलाबाट शुरु भएको सो विरोध -याली बहरमहल, बिजुलीबजार हुदै पुन: माइतीघर मण्डलामा पुगेर बिरोध सभामा परिणत भएको थियो । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव बशन्त बोगटीले सञ्चालन गर्नु भएको त्यस विरोध सभा विभिन्न मजदुर संगठनका नेताहरुले मन्तव्य व्यक्त गर्दै तत्काल पेट्रोलियम पदार्थको मुल्य बृद्धिको खारेजी र आकाशिएको महङ्गी नियन्त्रण गर्नु आवश्यकता औंल्याउनुभयो । सोही सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका अखिल नेपाल ट्रेड यूनियनका नेता राजकुमार थापाले बर्तमान सरकारले पेट्रोलियम पदार्थ सहित दैनिक उपभोग्य बस्तुको भारी मुल्य बृद्धि गरेर मजदुर , किसान लगायतका श्रमजीवी नेपाली जनताको जीवन साह्रै कष्टकर बनाएकोले जतिसक्तो चाडो पेट्रोलियम पदार्थको मुल्य बृद्धिको खारेजी र आकाशिएको महङ्गी नियन्त्रण गर्नु पर्ने बताउनुभयो । उहाँले मजदुर , किसान सहितका श्रमिक जनतालाई राज्यले राशन कार्डको व्यवस्था गर्नु पर्ने खाँचो औऔल्याउनुभयो मिटर व्याज सरकारमै रहेका व्यक्तिहरुले सञ्चालन गरिरहेको बताउदै उहाँले बर्तमान राज्य व्यवस्थाबाट मजदुर किसान लगायत श्रमजीवी जनताको समस्या समाधान हुन सक्ने अवस्था नदेखिएकोले बर्तमान राज्यसत्ताको अन्त गरी मजदुर किसानलाई अधिकार सम्पन्न बनाउने नयाँ जनवादी राज्य व्यवस्था स्थापनाको दिशामा अगाडि बढ्नु पर्न आवश्यकता औंल्याउनुभयो । उक्त सभालाई सम्बोधन गर्दै समाजवादी ट्रेड युनियनका अध्यक्ष लालध्वज नेम्वाङले बर्तमान सरकारले मजदुर किसानको जीवन अति कष्टकर हुने गरी महङ्गीको भार थोपरेर आफूलाई श्रमजीवी जनताको हित विरोधी रहेको प्रदर्शन गरेकोले जनता समाजवादी पार्टी , नेपालले यो सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउनु पर्ने बताउनुभयो । त्यसै सभालाई सम्बोधन गर्दै अखिल नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरीले सरकारले अबिलम्ब महङ्गी नियन्त्रण नगरे श्रमिकहरु कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिनुभयो ।
संयुक्त ट्रेड युनियन संघर्ष समितिको यही असार ७ गते बसेको बैठकले पेट्रोलियम पदार्थको मुल्य बृद्धि सहित आकाशिएको महंगीको विरोध गर्दै तत्काल पेट्रोलियम पदार्थको मुल्य बृद्धि नियन्त्रण गर्न माग गरेको थियो ।