माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को १४औँ वार्षिक साधारण सभा सम्पन्न

ललितपुर महानगरपालिका-११, कोन्तीमा आफ्नै भवन रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को १४औँ बार्षिक साधारण सभा स‍ोही संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाको प्रमुख आतिथ्यता र ललितपुर महानगरपालिका वडा नं.११ का वडाध्यक्ष अरोजकुमार खड्गीको विशेष आतिथ्यतामा आइतबार ललितपुरमा सम्पन्न भयो ।

साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि सुब्बाले आर्थिक क्राइसिसको समयमा पनि माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को प्रगति देख्ता आफूलाई खुशी लाागेको बताउदै निर्धक्क भएर यो संंस्थामा कारोबार गर्न सदस्यहरुलाई आग्रह गर्नभयो । सहकारीको विकास र प्रवर्द्धनमा राष्ट्रिय सहकारी महासंघले क्रियाकलापको बारेमा चर्चा गर्द ऊहाँले सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा सहकारीको महत्वपूरण योगदान रहेको विचार व्यक्त गर्नुभयो । साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी बैंक लि. लगनखेल शाखाकी प्रमुख रमा घिमिरेले स्थानीय समुदायमा आधारित रहेर सञ्चनलन भइरहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि. राम्र‍ोसँग अगाडि बढिरहेको छ र यसले गरेको कारोबारको आधारमा यो संस्थाले राष्ट्रिय सहकारी बैंक लि.को लगनखेल शाखाबाट उत्कृष्ट कारोबार गर्ने संस्थाको रुपमा पुरस्कृत भएकोले सदस्यहरुले यश संंस्थाथा ढुक्क भएर कारोबार गर्न आग्रह गर्नुभयो ।

साधारण सभामा यल अन्तर सहकारी समन्वय समिति र त:ननी बचत तथा ऋण सहकारी संंस्था लि.का अध्यक्ष अष्टलाल महर्जन र मिस नेवा: सकिना महर्जनले शुभकामना मन्तव्य व्यक्त गर्दै स्थापना भएको छ‍ोटो समयमा नै यो संस्थाले गरेको प्रगति र यसले सामजिक ,आर्थिक तथा सांस्कृतिक क्षेत्रमा पु-याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।

जिल्ला सहकारी संंघ लि., ललितपुरकी सञ्चालक तथा कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्था लि.की क‍‍ोषाध्यक्ष एवं यल अन्तर सहकारी समन्वय समितिकी भूतपूर्व अध्यक्ष शान्तलक्ष्मी खड्गी , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.की सञ्चालक तथा लुज: बचत तथा ऋण सहकारी संघ लि.,की अध्यक्ष उर्मिला सापकोटा शाक्य, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक तथा यल अन्तर सहकारी म्यानेजर्स क्लवका सह-संयोजक एवं त:ननी बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक विन‍ोद महर्जन , यल अन्तर सहकारी समन्वय समितिमा रहेका सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधि र विभिन्न संघ/संस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायतकोआतिथ्यता रहेको साधारण सभामा त्यसै संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले

त्यस संंस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संकटको बेलामा समेत यस संंस्थाका शेयर सदस्य ज्यूहरुुको अटुट साथ र सहयोग एवं कर्मचारी मेहनत र परिश्रमले गर्दा नै हाम्र‍ो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको भन्दै सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

साधारण सभामा सोही संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक सुवर्ण शाक्यले संस्थाको लेेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र क‍ोषाध्यक्ष अञ्जु तण्डुकारले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

शेयर सदस्यहरु बीच छलफल गरी साधारण सभाबाट ती प्रतिवेदनहरु पारित गरियो ।

त्यसै संस्थाका सचिव रुजेन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य तथा रश्मि महर्जन र कञ्चना नापितले सञ्चालन गर्नु भएको साधारण सभाले मिस नेवा: सकिना महर्जनलाई उक्त संस्थाको सद्भावना दूत नियुक्त गर्ने र आर्थिक वर्ष २०७९/०८० मा सो संस्थाले आर्जन गरेको मुनाफाबाट शेयर सदस्यहरुलाई कारोबारको आधारमा १५ प्रतिशत शेयर लाभांंश वितरण गर्ने निर्णय ग-यो

साधारण सभामा सो संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले प्रमुख अतिथि सुब्बालाई मायाको चिनो प्रदान गरी सम्मान गर्नुभयो ।

साधारण सभामा बेइजिङ ल्याङ्वेज एण्ड कल्चर युनिभर्सिटी (Beijing Language and Culture University)बाट टिचिङ चाइनिज टु स्पिकर्स अफ अदर ल्याङ्वेज (Teaching Chinese to Speakers of other Language) विषयमा विद्यावारिधि(PHD) गर्नुभएका डा.सुधिर शाक्य, मिस नेवा: सकिना महर्जन,मिस नेवा: ११४३ फष्ट रनर अफ रिद्धिषा श्रेष्ठ, मिस नेवा: ११४३ सेकेण्ड रनर अफ मिनाषा महर्जन , नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७९ मा ४*२०० फ्रि स्टाइल रिलेमा दोश्रो भएका रााष्ट्रिय पौडी खेलाडी एल्भिन महर्जन, माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को १३औँ वार्षिक साधारण सभामा सो संस्थालाई माँ बंगलामुखीको मूर्ति उपहार प्रदान गरेका शुभरत्न बज्राचार्य तथा त्यस संस्थालाई स्थापनाकालदेखि सहय‍ोग गरेको कोन्ती सक्रिय महिला समूह र आ.व.२०७९/०८० मा सो संस्थामा उत्कृष्ट कारोबार गरेको तलाछे माँ पुचलाई सम्मान गरियो ।

साधारण सभामा उक्त संस्थाका शेयर सदस्यहरुका छोराछ‍ोरीहरुमध्येबाट २०७९ चैत्रमा सम्पन्न एस.ई.ई.(SEE)मा उत्कृष्ट जीपीए (GPA)का ल्याएर उत्तीर्ण भएका नयन डंग‍ोल, स्वपनिल महर्जन , श्रद्धा महर्जन , सोलिल प्रधान , विकेश तण्डुकार , रितिका महर्जन , आयषा देेेउला,श्रीयास सिल्पकार, अञ्जली श्रेष्ठ, मञ्जिमा महर्जन , अंशु महर्जन , स्वस्तिका न्यौपाने , सौखद खडगी, उमेश आचार्य र प्रिविन्द्रमान नापितलाई मायाको चिनो भित्ते घडी प्रदान गरी सम्मान गरियो ।

साधारण सभामा उक्त संस्थाका शेयर सदस्य राम तण्डुकारलाई उत्कृष्ट ऋण कारोबार पुरस्कार, शेयर सदस्य चिरिकाजी महर्जनलाई उत्कृष्ट बचत कनरोबार पुरस्कार र कर्मचारी सविता तण्डुकारलाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरी सम्मान गरिय‍ो ।

साधरण सभामा सांस्कुतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा विभिन्न रचनात्मक सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको यो संस्थाले माँ बंगलामुखी फुटसल, माँ बंगलामुखी जिमखाना आदि सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *