ललितपुरको सातदोबाटमा केन्द्रीय कार्यालय तथा सिद्धिपुर, हरिसिद्धि र लेलेमा सेवाकेन्द्र सञ्चालन गरिरहेको माउण्ट नेपाल बहुउद्देश्यीय सहकारी संंस्था लि.ले सदस्यहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने तयारी भइरहेको जनाएको छ । २०८० पुस २६ गते ललितपुरमा सम्पन्न यस संस्थाको एकीकृत चौथो वार्षिक साधारण सभाको निर्णय अनुसार सदस्यहरुलाई संंरक्षित पूँँजी फिर्ता कोषको रकम सहित १० प्रतिशत लाभांश वितरण गर्ने तयारी भइरहेको सोही संस्थाका अध्यक्ष शरदकुमार महर्जनले अलगपथलाई बताउनुभयो । यो लाभांश रकम यस संंस्थामा रहेको सदस्यहरुको शेयर रकमा थप गरिने अध्यक्ष महर्जनको भनाइ छ ।
गत पुस २६ गते सम्पन्न उक्त संस्थाको एकीकृत चौथो वार्षिक साधारण सभाको सोही संस्थाका अध्यक्ष महर्जनले उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा साइकलबाट मात्रै यात्रा गर्दै आएका उक्त संस्थाका सल्लाहकार तथा हरिसिदधि उ.मा. वि. , हरिसिद्धि, ललितपुरका निबर्तमान प्रधानाध्यनपक धर्मगोविन्द महर्जनलाई साइकल पुरस्कार प्रदान गरि सम्मान गरिएको थियो ।
साधारण सभामा सोही संस्थाका अध्यक्ष महर्जनले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोभिड-१९ महामारी तथा रुस-युक्रेन युद्ध जस्ता कारणले उत्पन्न आर्थिक मन्दी र कतिपय सहकारी संस्थामा तरलता अभाव भइरहेको अवस्थामा पनि शेयर सदस्य ज्यूहरुको साथ र सहयोग तथा कर्मचारीहरुको लगनशीलता र मेहनतका कारण हाम्रो यो संंस्था निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको बताउनुभएको थियो । सरकारले फटाई गर्ने सहकारीकर्मीहरुलाई कारबाही र राम्रो काम गरेका सहकारीकर्मी र सहकारी संंघ/संस्थालाई पुरस्कृत गर्ने तथा सहकारीका विरुद्ध गलत प्रचार गर्नेहरुलाई दण्डित गर्नु पर्ने बताउदै सरकारले सहकारी ऐन,२०७४ मा व्यवस्था गरिएको सहकारी कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधीकरण र कालो सूचीको प्रावधान अविलम्व कार्यान्वयन गर्नु पर्नेमा जोड दिनु भएको थियो । साधारण सभामा त्यसै संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक श्यामकृष्ण महर्जनले संंस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सदस्यहरु बीच छलफल गरि साधारण सभाबाट ती प्रतिवेदनहरु पारित गरिएको थियो।
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत माउण्ट नेपाल बहुउद्दे्श्यीय सहकारी संस्था लि.को आयोजनामा २०८० माघ ६ गते शनिबार ललितपुरको हरिसिद्धिमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । कान्तिपुर रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा १९ जना रक्तदाताले रक्तदान गरेका थिए ।