मुद्धा टुङ्गो नलाग्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिदै

आफू नेतृत्वको कोशी प्रदेश सरकार निर्माण प्रक्रिया विरुद्धको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन रहेकै अवस्थामा आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नु भएक‍‍ो जनाइएक‍ो छ । मुख्यमन्त्री कार्कीलाई कोशी प्रदेश सभाका नेकपा (एमाले)का उप-सभामुख सहित ४०, नेकपा (माके)का १३ र जनता समाजवादी पार्टी, नेपालका १ प्रदेश सभा सदस्यले विश्वासको मत दिने निश्चित भएपनि राप्रपाले विश्वासको मत दिनेबारेमा टुङ्ग‍ गरि नसकेको बताइएको छ भने नेपाली कांग्रेसले विश्वासको मतदान बहिस्कार गर्ने र नेकपा (एस)का प्रदेश सभा सदस्यहरु विश्वासको मतदानमा अनुपस्थित हुने भएका छन ।

यही बैशाख २७ गते नेकपा (एमाले) र नेकपा (माके)का ५२ जना प्रदेश सभा सदस्यको समर्थनमा नेकपा (एमाले)का कोशी प्रदेश सभा दलका नेता हिक्मतकुमार कार्की तेश्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री बन्नुुुभएको थियो । संविधानत: समर्थन गरेका दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने प्राबधान भएपनि कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट ३० दिनभित्र विश्वासको मत नलिएपछि यही बैशाख २६ गते कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले बहुमत सदस्यको समर्थन प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई २ दिन भित्र नयाँ सरकार गठनका लागि दावी पेश गर्न आह्वान गरेपछि प्रदेश प्रमुख खापुङको उक्त कदमको विरुद्ध कोशी प्रदेशका निबर्तमान मुख्यमन्त्री कार्कीले सर्बोच्च अदालतमा यही बैशाख २७ गते आफैलाई मुख्यमन्त्री कायम गर्न अन्तरिम आदेशको माग गरी मुद्धा दर्ता गराउनुभएको थियो तर सर्बोच्च अदालतले भने सो मुद्धामा अन्तरिम आदेश दिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *