मुलुकको राजनीतिक संकट र अबको विकल्प विषयक अन्तरक्रिया कार्यक्रम गर्दै अखिल क्रान्तिकारी

काठमाडौं/ नेकपा(क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को आयोजनामा मुलुकको राजनीतिक संकट र अबको विकल्प विषयक अन्तर्क्रिया कार्यक्रम हुने भएको छ । भर्चुअल विधिबाट हुने अन्तर्क्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल , देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सी.पी. गजुरेल , नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला र वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष आहुति मुख्य वक्ता हुने जनाइएको छ । यसैगरी अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल , अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाल , अखिल नेपाल विद्यार्थी यूनियनका संयोजक मनिष भट्टराई लगायतको पनि कार्यक्रममा सहभागिता रहने जनाइएको छ । कार्यक्रम आज दिउसो १२:०० बजेदेखि ३:०० बजेसम्म हुने आयोजकको भनाई छ ।

््

Leave a Reply