मृतक इश्वर गिरीको हत्यारालाई कारबाही गर्न परिवारको माग

ललितपुर महानगरपालिका वडा नं.१८ का ३२ वर्षीय इश्वर गिरीको हत्यामा सम्लग्नलाई पक्राउ गरि कडा कारबाही गर्न मृतक गिरीको परिवारले माग गरेको छ । ‘मृत अवस्थामा भेटिएका आफ्नो भाइको मृत शरीरको अवस्था देख्दा उनको मृत्यु नभई हत्या भएको निश्कर्षमा पुगेर हामीले यो हत्यामा सम्लग्नलाई कडा कारबाहीको माग गरी प्रहरीमा किटानी जाहेरी दिदा प्रहरीले घटना घटेको १ वर्षभित्र जहिले जाहेरी दिएपनि हुन्छ भनेर हाम्रो जाहेरी प्रहरीले लिएन , यसले प्रहरी यो घटनाको अनुसन्धान गर्नेतिर नलागी यो केसलाई त्यत्तिकै ढिसमिस गर्नतिर लागेको हो कि भन्ने हामीलाई लागेको छ , जसले हामीलाई थप दु:खी बनायो’, मृतक गिरीका दाजुको भनाइ छ ।

गत फाल्गुण २६ गतेदेखि परिवारसँग सम्पर्क विहीन भएका ललितपुर महानगरपालिका वडा नं. १८ का इश्वर गिरी गत फाल्गुण २९ गते विहान ललितपुर महानगरपालिका वडा नं.२५ मा रहेको सल्लाघारी जंगलमा मृत अवस्थामा भेटिएका र उनको घाँटी सहित शरीरमा निलडाम र चोट देेखिएको प्रत्यक्षदर्शीले देखेको एक स्थानीयबासीको भनाइ छ । मृतक गिरीको शव भने पोष्टमार्टम गरि दाहसंस्कार गरिसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *