काठमाडौं/ मेलम्ची खानेपानी आयोजनाले आजदेखि मेलम्चीको पानी काठमाडौं उपत्यका भित्रका धाराहरुमा पठाएको छ । सो आयोजनाले यस अघि सफलतापूर्वक परीक्षण गरेको मेलम्चीको १७ लाख लीटर पानी काठमाडौंका खानेपानीका धारामा थप हुने भएकोले यसबाट काठमाडौं उपत्यका भित्रको खानेपानीको अभाव पूरै समाधान नभएपनि त्यसमा कमी आउने जानकारहरुको बताउछन् । नेपाल सरकारले भने मेलम्चीको पानीमा सिन्थुपाल्चोककै लार्केल खोलाको पानी मिसाउने उद्देश्य लिएको बताइएको छ ।
निकै लामो समयको प्रतिक्षापछि गत वर्ष नै मेलम्चीको पानी अधिकांश काठमाडौं उपत्यकाबासीको धारामा जोडिएको थियो तर त्यसको छोटो समयमानै गत असार १ गते परेको मुसलधारे बर्षातका कारण सिन्थुपाल्चोकका विभिन्न स्थानमा गएको बाढी र पहिरोले मेलम्ची खानेपानी आयोजनामा पनि क्षति पुगेको थियो । जसको पुनर्निर्माण कार्य गत महिनामात्रै सकिएपछि सो खानेपानी काठमाडौंका धारामा जोड्ने प्रकिया शुरु भएको थियो ।
मेलम्चीको पानीको महशुलको २५ प्रतिशत मेलम्ची आसपासका लागि छुट्याउन माग
मेलम्ची खानेपानी आयोजना स्थल आसपासका स्थानीयबासीहरुले मेलम्चीको पानीको महशुलको २५ प्रतिशत मेलम्ची खानेपानी आयोजना स्थल र सो आसपासका लागि छुट्याउनु पर्ने माग गरेका छन् । मेलम्चीको पानी सित्तैमा काठमाडौं उपत्यकाबासीहरुलाई उपलब्ध गराउने भए ठीक छ तर त्यसको उपभोक्ताबाट महशुल लिने भए उक्त महशुलको २५ प्रतिशत मेलम्ची खानेपानी स्थल आसपासको विकास निर्माणमा खर्च गर्नु पर्ने उनीहरुको भनाई छ ।
……………………………………………………………………..
नव वर्ष २०७९ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य महानुभावहरु तथा कर्मचारीहरु एवं समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

















