मोरोक्कोले बेल्जियमलाई हरायो, कोस्टारिकाबाट जापान स्तब्ध

कतारमा जारी २२औं संस्करण फिफा विश्वकप फुटबल सम्पन्न लिग चरणको समुह ‘एफ’ को खेलमा मोरोक्कोले फिफा बरियतामा दोश्रो बेल्जियमलाई २-० गोल अन्तरले पराजीत गरेको । निकै प्रतिस्पर्धात्मक खेलको ७३औ मिनेटमा इदेल हामिद साबारीलेटँ ७३औं मिनेट र आबुखेलाले इञ्जुरी समयमा मोरोक्कोका लागि १/१ गोल गरे । यो खेलसँगै एक खेल बराभरी र एक खेल जितेको मोरोक्को ४ अंक छ भने २ खेलमा १ जीत र एक हार बेहोरेको बेल्जियको ३ अंक छ ।

यसैगरी आजै सम्पन्न सोही विश्वकपको लिगको चरणको समुह ‘इ,’ को कोस्टारिकाले यस अगाडिको खेलमा जर्मनीलाई हराएको जापानलाई हराएको छ । खेलको ८३औं मिनेटमा कोस्टारिकाका केसर फुलरले १ गोल गरेका गरे । यो विश्वकप फुटबल खेलमा स्पेनसँग हारेको कोस्टारिकाले गोल गरेपछि उसको अगाडि नकाउट चरण प्रवेशको सम्भावना रहेको छ । जापान र कोस्टारिका दुबै टोलीको ३/३ अंक छ ।

Leave a Reply