ललितपुरको हखबहालमा रहेको रत्नाकर बचत तथा ऋण सहकारी संस्था लि.को २५औँ वार्षिक साधारण सभा तथा उक्त संस्थाको रजत वर्ष समापनको अवसरमा ललितपुर जिल्ला सम्मान -२०८० बाट नेफ्स्कूनका पूर्व सञ्चालक तथा ललितपुरको सहकारी अभियानम योगदान गरेका सहकारी अभियन्ता एवं ललितपुर बौदध विहार संघका अध्यक्ष नानीकावी शाक्य सम्मानित हुनुभएको छ । २०८० असोज ७ गते आइतबार ललितपुरमा सम्पन्न उक्त साधारण सभामा बागमती प्रदेशका पर्यटन, संस्कृति तथा सहकारी मन्त्री पुकार महर्जन र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष तथा अन्तर सहकारी सुरक्षण कोषका अध्यक्ष समेत रहेका सोही संस्थाका अध्यक्ष करुणारत्न बज्राचार्यले रु.२५,००० नगद सहित ललितपुर सहकारी सम्मान-२०८० बाट सहकारी अभियन्ता शाक्यलाई सम्मान गर्नुभयो । त्यसै अवसरमा उहाँहरुले सो संस्थाका स्थापनाकालीन अध्यक्ष तथा लेखा सुपरीवेक्षण समितिका पूर्व संयोजक बाबुरत्न बज्रचार्य, निबर्तमान अध्यक्ष आजु सिद्धिरत्न बज्राचार्य , स्थापनाकालीन उपाध्यक्ष आनन्दरत्न बज्राचार्य र स्थापनाकालीन कोषाध्यक्ष तथा पूर्व उपाध्यक्ष सुमन बज्राचार्यलाई कदर-पत्र प्रदान गरी सम्मान गर्नुभयो ।
त्यस अवसरमा मन्त्री महर्जनले सहकारीको विकास , प्रवर्द्धन र शुद्धिकरणका लागि सहकारी ऐन संशोधन भएर आउन लागेको बताउनुभयो । उहाँले समुदायमा आधारित भएर सञ्चालन भइरहेको रत्नाकर साकोसको प्रगतिप्रति प्रशन्नता व्यक्त गर्दै सो संस्थाको थप प्रगतिको कामना गर्नुभयो ।

साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त संस्थाका अध्यक्ष बज्राचार्यले समुदायमा आधारित रहेर सहकारी सिद्धान्त , नीति, विधि र प्रविधि आत्मसाथ गरी सञ्चालन भइरहेको रत्नाकर बचत तथा ऋण सहकारी संस्था लि. निरन्तर प्रगतिपथमा अगाडि बढ्न सकेको भन्दै संस्थाका शेयर सदस्य र कर्मचारी तथा शुभचिन्तकहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले हाम्रो समाजमा सामुहिक आर्थिक कारोबार गर्ने चलन नभएको अवस्थामा आवश्यक परेको बेला ऋण लिने गरी २०५५ असोज ७ गते हामी ३५ जना शेयर सदस्यहरुको रु.७९,००० शेयर पूँजीबाट डिभिजन सहकारी कार्यालयमा विधिवत दर्ता भई स्थापना भएको हाम्रो यस संस्थामा आर्थिक वर्ष २०८० असार मसान्तसम्म महिला ३०० र पुरुष १८२ जना गरी जम्मा शेयर सदस्य संख्या ४८२ , शेयर पूँजी संकलन रु.१,३९,२२,५००, बचत संकलन रु.२०,००,६४,६८४/८३, कुल ऋण लगानी रु.१५,१९,९४,५६० रहेको बताउनुभयो । साधारण सभामा सोही संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक सुमेर बज्राचार्यले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन गर्नुभयो ।
शेयर सदस्यहरु बीच छलफल भई साधारण सभाबाट संस्थाका ती प्रतिवेदनहरु पारित गरियो । साधारण सभाले पारित गरेका प्रतिवेदनमा यो संस्थाले आर्थिक वर्ष २०७९/०८० मा भएको कारोबारबाट आर्जन गरेको मुनाफाबाट शेयर सदस्यहरुलाई ९.९२ प्रतिशत शेयर लााभांं वितरण गर्ने उल्लेख छ ।

यो संस्थाको रजत वर्षको अवसरमा चम्पादेवी हाइकिङ र सरसफाई कार्यक्रम (२०८० बैशाख २ गते) , रक्तदान कार्यक्रम(२०८० भाद्र २३ गते, जहाँ ३१ जनाले रक्तदान गरेका थिए) , सहकारी जागरणमूलक साइकल -याली, ललितपुर नगरमा प्रत्येक वर्ष भाद्र द्वितीयाका दिन करिव ५३ किलोमीटर दुरी लगभग ७,००० पाइला हिडेर मनाइने सांस्कृतिक पर्व मतया पर्व- २०८० मा गणेशमान मेमोरियल हस्पिटल एण्ड रिसर्च सेण्टरको प्राविधिक सहयोगमा भक्तजनहरुको सुस्वास्थ्य र सफल पदयात्राको कामना गरी हखबहाल, इबहीथुर त्यताथुरमा सहयोग शिविर सञ्चलन गरेको , रत्नाकर साकोस रजत वर्ष- २०८० स्मारिका प्रकाशन गरेको लगायतका रचानात्मक सामजिक क्रियाकलापहरु सञ्चालन भएका थिए । यसैक्रममा २०७९ पुस ३० गते ललितपुरको हखबहालबाट भक्तपुरको नगदेशसम्म सो संस्थाले बृहत् साइकल -याली गरी नेफ्स्कूनका पूूर्व अध्यक्ष तथा वरिष्ठ सहकारी अभियन्ता कैलाशभक्त प्रधानाङ्ग र उहाँकी श्रीमती रञ्जनादेवी प्रधानाङ्गलाई रजत वर्ष सम्मान -२०८० बाट सम्मान गरेको थियो ।





