हस्तकला उद्योग, व्यवसाय र निकासी प्रवर्द्धनका साथै यस क्षेत्रमा सम्लग्न उद्यमी, ब्यवसायी, कलाकार, कालीगढहरुको हित प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित नेपाल हस्तकला महासंघको ४४औं वार्षिक साधारण सभा २०८१ पौष २६ र २७ गते सम्पन्न भयो । सो साधारण सभाबाट रविन्द्र शाक्यको अध्यक्षतामा नेपाल हस्तकला महासंघको नयाँ कार्यसमिति चयन गरेको छ । उक्त कार्य समितिको वरिष्ठ उपाध्यक्षमा राजमान बज्राचार्य , जिल्ला र प्रदेश हस्तकला संघ उपाध्यक्षमा मलिका श्रेष्ठ, बस्तुगत संघ उपाध्यक्षमा श्रीकृष्ण प्रजापति, उपाध्यक्ष- उद्योगमा सविता महर्जन, उपाध्यक्ष -वाणिज्यमा प्रताप शाक्य, उपाध्यक्ष -व्यक्तिगतमा नवीन शाक्य र उपाध्यक्ष -एसोसिएटमा किरणकुमार स्थापित तथा कार्यसमिति सदस्यहरुमा (क) जिल्ला र प्रदेश हस्तकला संघबाट मात्रिका देवी प्रसाई र रमेशराज बज्राचार्य (ख) बस्तूगत संघबाट उपेन्द्र बाराही र धनप्रसाद लामिछाने, (ग) उद्योगबाट अमुल्य देवी शाक्य, राजिव शाक्य र विक्रम सिंह महर्जन,घ) वाणिज्यबाट अवनिश प्रधानाङ्ग, प्रविनबहादुर शाक्य र मिलन वीर मालाकार (ङ) व्यक्तिगत तर्फबाट
उदीप शाक्य विकाश शाक्य , माणिकमान शाक्य र सुजन रत्न शाक्य र (च) एसोसिएट तर्फबाट दीपेन्द्र शाक्य चयन हुनभएको छ । सोही महासंघका विधानमा निवर्तमान अध्यक्ष सो कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था रहेको छ ।
त्यस साधारण सभाको प्रधानमन्त्री के.पी. शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।

