काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीको जन संगठन अखिल नेपाल महिला यूनियनको अध्यक्षमा शशिकला घिमिरे चयन हुनु भएको छ । यही फागुन २१ र २२ गते काठमाडौंमा बसेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठकले घिमिरेको अध्यक्षतामा अखिल नेपाल महिला यूनियनको केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरेको जनाइएको छ । उक्त केन्द्रीय समिति हाललाई १७ सदस्यीय रहेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले अलगपथलाई जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालय सदस्य समेत रहनु भएकी घिमिरे नेपालको कम्युनिष्ट आन्दोलन र नेपाली महिला मुक्ति आन्दोलनमा इमान्दार र सिद्धान्तनिष्ठ नेतृको रुपमा परिचित हुनुहुन्छ ।