आजबाट राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरु

आजबाट राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरु भएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतदान गर्ने ७ वटै प्रदेशका ५५० जना प्रदेश सभा सदस्य , प्रतिनिधि सभाका २७२ जना प्रतिनिधि सभा सदस्य र ५९ जना राष्ट्रिय सभा सदस्य गरी ८८१ जनाको मतदाताको नामावली आज निर्वाचन आयोगले प्रकाशन गरेको छ , भ्रष्टाचारको अभियोग लागेका नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङ निलम्वनमा परेर र फौजदारी मुद्धामा पक्राउ परेका नाउपाका प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीको नामावलीमा नाम छैन भने रास्वपाका नेता रवि लामिछानेको सांसद पद गएसँगै चितवन क्षेत्र नं.२ रिक्त छ । प्रहरीले पक्राउ गरेका नाउपाका प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी राष्ट्रपतिबाट आम माफी पाएर यही फागुन ७ गते रिहा भइसक्नु भएको छ तर हत्या अभियोगको मुद्धामा जनकपुर उच्च अदालतले प्रकाउ गरी थुनामा राख्न प्रहरीलाई आदेश दिएपछि प्रहरीको फरार सूचीमा रहेका नेकपा (एमाले)का प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीको भने मतदाता नामावलीमा नाम समावेश भएको छ । यसलाई अर्थपूर्ण रुपमा कतिपय सरोकारवालाको भनाई छ ।

यस नामावली उपर दावी विरोध भोलि अपरान्हसम्ममा दिन सकिने तथा यो नामावली सच्याउनु पर्ने भए भोलि अपरान्हसम्ममा सच्याउन सकिने र फागुन १२ गते अन्तिम नामावली प्रकाशन गर्ने र फागुन १३ गते राष्ट्रपतिको उम्मेद्वार मनोनयन गर्ने कार्यसूची रहेको निर्वाचन आयोगको भनाई छ । यही फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको चुनाव हुने निर्वाचन आयोगले जनाएको छ । उपराष्ट्रपतिको उम्मेद्वार मनोनयन भने आउदो फागुन २७ गते हुने निर्वाचन आयोगको कार्यसुची रहेको बताइएको छ ।

यो निर्वाचनमा मतदान गर्न सबै मतदाता काठमाडौंमा आउनै पर्ने निर्वाचन आयोगलेॅ जनाएको छ ‌

Leave a Reply

Your email address will not be published. Required fields are marked *