काठमाडौं/ एमसीसी (MCC) सम्झौता आज बस्ने प्रतिनिधि सभाको बैठकमा टेवुल गर्ने गरी सरकार अगाडि बढेपछि त्यसको विरोधमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी) , नेपाल कम्युनिष्ट पार्टी , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल , नेकपा (माओवादी केन्द्र समाजवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चाले आह्वान गरेको आजको नेपाल बन्दमा नागरिकहरुको उत्साहजनक समर्थन रहेको देखिएको छ । शिक्षण संस्था, उद्योग, कलकारखाना तथा विशेष परिस्थितिमा सवार गर्न बाध्य सवारी साधन बाहेकका निजी तथा सार्वजनिक सवारी साधन लगायत स्वतस्फूर्त बन्द भएको देखिएको छ । यी दलहरु तथा नागरिकहरुले एमसीसी (MCC) सम्झौता राष्ट्रघाती भएकोले त्यसलाई खारेज गर्नु पर्ने माग राखी संघर्ष गर्दै आएका छन् ।

आजको बन्दको क्रममा काठमाडौं उपत्यकाबाट नेकपा (क्रानिकारी माओवादी)का नेता पवनमान श्रेष्ठ सहित २३ जनालाई पक्राउ गरेको समाचार प्राप्त भएको छ ।
नेकपा (माके) का भातृ संगठनहरुले एसीसी सम्झौताको विरोधमा संसद भवन घेराउ गर्ने
नेकपा (माके)का भातृ संगठनहरुले एमसीसी सम्झौताको विरोधमा आज संसद भवन घेर्ने भएका छन् । सरकारले संसदबाट एमसीसी सम्झौता पारित गर्ने गरी कार्य अगाडि बढाएपछि सो विरोध कार्यक्रम गर्नलागेको बताइएको छ ।