काठमाडौं/ एमसीसी(MCC/ सम्झौता राष्ट्रघाती भएकोले त्यसको खारेजीको माग गर्दै सडक संघर्ष गर्दै आएका नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी ), नेपाल कम्युनिष्ट पार्टी, नेकपा(मसाल) , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले आज पनि काठमाडौं उपत्यका सहित देशका मुख्य शहर लगायतमा विरोध प्रदर्शन गर्ने भएका छन् । बिहीबार बसेको ती दलका नेताहरुको बैठकले मुलुकको समसामयिक राजनीतिक परिस्थिति तथा एमसीसी सम्झौताको बिरोधमा आफूले गर्दै आएको संघर्ष लगायतका विषयमा समीक्षा गरेको बताइएको छ । उक्त बैठकले काठमाडौं उपत्यकाको हकमा आज दिनको १२ बजे माइतीघर मण्डलमा भेला भएर विरोध -याली सहित संसद भवन अगाडि विरोध प्रदर्शन गर्ने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।