एमसीसी सम्झौताको विरोधमा ६ कम्युनिष्ट पार्टी र २ मोर्चाद्वारा संघर्षका थप कार्यक्रम घोषणा

काठमाडौं/ एमसीसी(MCC) सम्झौता राष्ट्रघाती भएकोले त्यसको खारेजीको माग गरी संयुक्त संघर्ष गर्दै आएका नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (मसाल),वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले २०७८ फागुन २० देखि चैत्र ६ गतेसम्म एमसीसी सम्झौताको विरुद्ध संघर्षका थप कार्यक्रम घोषणा गरेका छन् । काठमाडौंको बुद्धनगरस्थित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको ती दल तथा मोर्चाको संयुक्त बैठकले उक्त निर्णय गर्दै देशभक्त नेपाली जनताको विरोधका बीच नेपालको संसदबाट राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन भएको दिन २०७८ फागुन १५ गते नेपालको इतिहासमा कालो दिन भएको र जालझेल गरी सो सम्झौता अनुमोदन गर्ने दलहरु र तिनका सांसदले देशप्रति गद्धारी गरेको निश्कर्ष निकालेको बताइएको छ । साथै त्यस बैठकले एमसीसी सम्झौता बिरुद्धको संघर्षमा सहभागी र त्यसलाई सहयोग गर्ने सबैमा धन्यबाद ज्ञापन गरेको बैठकमा सहभागी नेताहरुको भनाई छ ।

Leave a Reply