एमसीसी सम्झौता किसानको हितमा पनि छैन : ६ किसान संगठन

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी सहितका ६ कम्युनिष्ट पार्टी र २ मोर्चा निकट ६ किसान संगठनका नेताहरुले गत फागुन १५ गते संसदबाट पारित भएको एमसीसी(MCC) सम्झौता किसानको हितमा पनि नभएकोले त्यसलाई खारेज गर्नु पर्ने बताउनु भएको छ । कतिपय व्यक्तिहरुले एमसीसी विकासको लागि आएको अनुदान भएकोले यसलाई कार्यान्वयन गर्नुपर्छ , जसले यसको विरोध गर्छ , ऊ विकास विरोधी होओ भनेर जनतामा भ्रम छरेको भन्दै उहाँहरुले एमसीसी अनुदान नभई लगानी भएको र यो नेपालको राष्ट्रिय हित विपरीत भएकोले यसलाई खारेज गर्नु पर्ने बताउनुभयो । एमसीसी सम्झौताको विरोधमा बुधबार काठमाडौंको रत्नपार्कमा ६ किसान संगठनको आयोजनामा भएको विरोध सभामा उहाँहरुले सो कुरा बताउनु भएको हो । सोही अवसरमा ऊक्त विरोध सभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का नेता तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङले साम्राज्यवादको लगानीमा बहुराष्ट्रिय कम्पनीको हित हुने र नेपाली किसानहरुको हित विपरीत भूमि बैंकले कार्य गरेकोले त्यसलाई खारेज गर्नु पर्ने बताउनुभयो । उहाँले विजुली कच्चा पदार्थ भएकोले त्यसलाई विदेशमा बिक्री गर्नुको सट्टा स्वदेशमा नै उद्योग , कृषि लगायतका क्षेत्रमा प्रयोग गरी उत्पादन बढाउनु पर्नेमा जोड दिनुभयो । उक्त अवसरमा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा अखिल नेपाल किसान यूनियनका अध्यक्ष रत्नप्रसाद जोशीले ‘एमसीसी सम्झौता राष्ट्रघाती भएकोले त्यसलाई खारेज गर्नुको विकल्प छैन’, भन्नुभयो । उहाँले किसानको हित विपरीतका सबै ऐन/नियम संशोधन गरी बास्तविक किसानलाई जमिनको मालिक बनाई किसानलाई अनुदान लगायतका सुविधा प्रदान गरी उत्पादन बृद्धि गर्ने नीति तय गर्नु पर्ने खाँचो औंल्याउनुभयो ।

गत फागुन २० गतेदेखि एमसीसी सम्झौताको विरोधमा ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले संयुक्त विरोध कार्यक्रम गरिरहेका छन् । सोही

अनुसार ती दल तथा मोर्चा निकट जातीय तथा क्षेत्रीय संगठनहरुले यही चैत ६ गते एमसीसी सम्झौताको विरुद्ध संयुक्त विरोध कार्यक्रम गर्ने बताएका छन्

…………….………………………………………………………..

Leave a Reply

Your email address will not be published. Required fields are marked *