काठमाडौं ) एमसीसी (MCC) सम्झौता खारेजीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रामा), नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (मसाल), नेकपा (माले), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले संयुक्त रुपमा आज दिउसो दएशभर विरोध प्रदर्शन गर्ने भएका छन् । यता काठमाडौं उपत्यका भित्र भने आज दिउसो १२ बजे काठमाडौंको माइतीघर मण्डलाबाट विरोध -याली शुरु हुने र सो विरोध -याली नयाँ बानेश्वरमा पुगेर विरोध सभामा परिणत हुने नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ । यही पुस ४ गते बसेको ८ कम्युनिष्ट पार्टीको बैठकले आज एमसीसी खारेजीको माग गरी विरोध कार्यक्रम तय गरेको थियो ।