काठमाडौं/ एमसीसी (MCC) सम्झौता राष्ट्रको हित विपरीत रहेको भन्दै त्यसको जनस्तरमा विरोध भइरहेको बेला यही फागुन ८ गते संघीय संसदको प्रतिनिधि सभामा सरकारले एमसीसी सम्झौता पेश गरेसँगै आक्रोसित बनेका नेपाल कम्युनिष्ट पार्टी , नेकपा(मसाल), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल , नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले आजदेखि यही फागुन १६ गतेसम्म संघर्षका थप कार्यक्रम गर्ने भएका छन् । हिजो बसेको ती दल तथा मोर्चाको बैठकले उक्त निर्णय गरेको उनीहरुद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।