एमसीसी सम्झौता विरुद्धको नेपाल बन्द सफल भएको ६ दल र २ मोर्चाको निश्कर्ष

काठमाडौं/ २०७८ फागुन १५ गते एमसीसी(MCC) सम्झौता संसदबाट अनुमोदन गरेको विरोधमा सोमबार नेपाल कम्युनिष्ट पार्टी, नेकपा (मसाल), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाले संयुक्त रुपमा आह्वान गरेको नेपाल बन्द ऐतिहासिक रुपमा भव्य र सानदार ढंगबाट सफल भएको ६ कम्युनिष्ट फार्टी र २ मोर्चाले जनाएका छन् । उनीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सो बन्दलाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेका छन् । ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले नेपाल बन्दको क्रममा गिरफ्तार भएका सबैलाई तत्काल रिहा गर्न सरकार समक्ष माग गरेको उक्त विज्ञप्तिमा उल्लेख छ ।

यता ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि सोमबारको नेपाल बन्द सफल भएको जनाएको छ । सोही पार्टीका अध्यक्ष ऋषि कट्टेलद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तिमा उक्त नेपाल बन्द सफल बनाउन आ-आफ्नो ठाउँबाट सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्दै नेपाल बन्दको क्रममा सुरक्षाकर्मीद्वारा गिरफ्तार गरिएका सबैलाई अविलम्भ रिहाई गर्न सरकार समक्ष माग गरेको उल्लेख छ ।

यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि सोमबारको नेपाल बन्द सानदार रुपमा सफल भएको भन्दै सो बन्द सफल पार्न सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेको जनाइएको छ । उक्त पार्टीका महासचिव विप्लवद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तिमा नेपाल बन्दको क्रममा

घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रहरीले गिरफ्तार गरेका सबैलाई तत्काल रिहा गर्न माग गरेको उल्लेख छ ।

उता प्रहरीले सोमबारको नेपाल बन्द सहितका एमसीसी सम्झौताको विरोधी संघर्षको क्रममा गिरफ्तार भएका सबैलाई सोमबार साझ नै रिहा गरेको प्रहरीको भनाइ छ ।

Leave a Reply