एमालेको बहिस्कारका बीच विनियोजन विधेयक पारित

काठमाडौं/प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक पारित गर्ने कार्यसूची रहेपछि नेपाल सरकारको बजेट निर्माणको क्रममा अपारदर्शी कार्य भएको भन्ने समाचार सञ्चार माध्यमबाट सार्वजनिक भएसँगै त्यसको छानविनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बिहीबार पुन: प्रतिनिधि सभाको बैठक बहिस्कार ग-यो तर उसले संसदका अन्य प्रक्रियामा भने सहभागी हुने बताएको छ । यता अर्थ मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले भने नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा कुनै अपारदर्शी कार्य र अनियमितता नभएको बताउदै आउनुभएको छ । यसलाई नजिकबाट नियालेका जानकारहरुले भने यो विषय हग्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तो भएको भन्दै यस्ता गतिविधि हुन नहुने बताउछन् ।

यता नेकपा (एमाले)का सांसदहरुको बहिस्कारका बीच बिहीबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाउनु भएका सभामुख अग्निप्रसिद सापकोटाले सबै प्रक्रिया पूरा भए पछि सो विधेयक बहुमतले पारित भएको घोषणा गर्नु भयो ।

Leave a Reply