एमाले अनुशासन आयोगले ग-यो नेता घनश्याम भुसाल माथि कारबाहीको सिफारिस

काठमाडौं/ नेकपा (एमाले)को अनुशासन आयोगले सोही पार्टीका स्थायी समिति सदस्य तथा सांसद घनश्याम भुसाल माथि पार्टी अनुशासन उलंघन गरेको ठहर गरी कारबाहीको सिफारिस गरेको जनाएको छ । विशेषत: हालै काठमाडौंबाट प्रशारण हुदै आएको हिमाल टेलिभिजनको एक कार्यक्रममा नेता भुसालले व्यक्त अभिव्यक्तिलाई लिएर कारबाही सिफारिस गरेको उक्त समितिका एक सदस्यको भनाई छ तर नेता भुसाल भने पार्टीले आफूले पार्टीको हित विपरीत कुनै कार्य नगरेको बताउनुहुन्छ ।

नेता भुसालले वाम गठबन्धनको पक्षमा वकालत गर्दै आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *