एमाले सचिव योगेश भट्टराईद्वारा ताप्लेजुङका विमल कार्कीका हत्यारालाई कार्बाही गर्न माग

काठमाडौं/ नेकपा (एमाले)का सचिव तथा पूर्व मन्त्री योगेश भटृटराईले आफ्नो पार्टीका कार्यकर्ता विमल कार्कीको राजनीतिक पूर्वाग्रहबाट अपहरण गरी हत्या गरेको भन्दै त्यसको घोर विरोध गरी हत्यारालाई गिरफ्तार गरी कानुनी कार्बाही गर्न माग गर्नुभएको छ । उहाँले आज फेसबुकमा गरेको पोष्टमा सो कुरा उल्लेख छ । ताप्लेजूङको मिक्वाखोला गाउँपालिका-१, खोक्लिङमा भोलि हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न गएका नेकपा (एमाले)का कार्यकर्ता विमल कार्कीको बुधबार शंकास्पद ढंगबाट मृत्यु भएको खबर प्राप्त भएको छ । सोही विषयमा ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने सांसद समेत रहनु भएका नेकपा (एमाले) का सचिव भटृटराईले फेसबुकमा गर्नु भएको पोष्ट यस प्रकार छ ।

Leave a Reply