एसपीपीमा सहभागी नहुने बारे पत्रचार गर्न सरोकारवालाहरुको माग

काठमाडौं/ चौतर्फी दवाव पछि नेपाल सरकार , मन्त्रीपरिषदले अमेरिकी सैन्य रणनीतिको अंग रहेको एसपीपीमा सहभागी नहुने भनी गरेको निर्णय बारे परराष्ट्र मन्त्रालयले पत्रचार नगरेपछि त्यस बारेमा शंका उत्पन्न हुन थालेको छ । सरोकारवालाहरुले नेपाल सरकार, मन्त्रीपरिषदले यसै महिनाको शुरुमा गरेको एसपीपीमा नेपाल सहभागी नहुने निर्णय बारे चाडो अमेरिकन सरकारलाई परराष्ट्र मन्त्रालयले पत्रचार गर्नु पर्ने माग गरेका छन् । सरकारमा रहेको नेकपा (माके)का प्रमुख सचेतक देवप्रसाद गुरुङदेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद डा.भीम रावल लगायतले सां विषयमा परराष्ट्र मन्त्रालयले चाडो अमेरिकी सरकारलाई पत्रचार गर्न माग गरेका छन् । सदनदेखि सडकसम्म यो विषयमा पत्रचार हुन ढिलो गर्न नहुने आवाज उठिरहेको देखिएको छ । यसैक्रममा नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष रामबहादुर भण्डारीले एसपीपीमा नेपाल सहभागी नहुने भनी नेपाल सरकार , मन्त्रीपरिषदले गरेको निर्णयबारे परराष्ट्र मन्त्रालयले अमेरिकी सरकारलाई पत्रचार गर्न ढिलो गर्न नहुने बताउनुहुन्छ । परराष्ट्र मन्त्रालयले भने उपर्युक्त समयमा सो विषयमा अमेरिकी सरकारलाई पत्राचार गर्ने बताएको छ ।

यता नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहालले रुस-युक्रेन युद्धमा नेपालले युक्रेनलाई समर्थन गरेर गल्ती गरेको सार्वजनिक अभिव्यक्ति दिनु भएको छ । रुस-युक्रेन युद्ध शुरु भएपछि बसेको संयुक्त राष्ट्र संघको महासभा बैठकमा नेपाली प्रतिनिधिले युक्रेनको पक्षमा मतदान गरेपछि सो कार्य नेपालले अवलम्बन गरेको असम्लग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त विपरीत भएको भन्दै व्यापक त्यसको व्यापक विरोध भएको थियो । सोही कारण रुस-युक्रेन युद्धमा तटस्थ रहेका चीन र भारतलाई रुसले सस्तो मुल्यमा पेट्रोलियम पदार्थ विक्री गरेपनि नेपालले भने महङ्गो मुल्यमा पेट्रोलियम पदार्थ खरीद गर्न बाध्य भएको कतिपय जानकारहरु बताउछन् । पछिल्लो समयमा भने रुस-युक्रेन युद्धका विषयमा नेपाल तटस्थ रहेको छ ‌

Leave a Reply

Your email address will not be published. Required fields are marked *