काठमाडौं/ नेकपा (एमाले)का सांसद डा.भीमबहादुर रावल र नेकपा (माके)का प्रमुख सचेतक देवप्रसाद गुरुङले आज बसेको प्रतिनिधि सभाको बैठकमा एसपीपी बारे सदनमा जानकारी दिन सरकारलाई निर्देशन गर्न माग गरेपछि अन्तत: सभामुख अग्निप्रसाद सापकोटाले एसपीपी बारे सदनमा जानकारी दिन सरकारलाई निर्देशन गर्नु भएको छ ।
गत असारको शुरुमा संयुक्त राज्य अमेरिकाको नेपालस्थित दूताबासले नेपाल संयुक् राज्य अमेरिकाको स्टेट पाट्नरसीप प्रोग्राममा सामेल भएको बताएपछि त्यसको चौतर्फी विरोध भएको थियो । जसका कारण संयुक्त राज्य अमेरिकाको नेपालस्थित दूताबासले नेपाल एसपीपीमा सहभागी हुन नचाहेमा त्यो मान्य हुने तर त्यसबारे नेपालले संयुक्त राज्य अमेरिकालाई औपचारिक जानकारी गराउनु पर्ने विषय सार्वजनिक गरेको थियो भने नेपाल सरकार, मन्त्रीपरिषदले गत असारको पहिलो साता नबित्तै अमेरिकी सैन्य गठबन्धनमा सामेल भएको भनिएको एसपीपीमा सामेल नहुने निर्णय गरेको बताइएको थियो तर सो निर्णय भएको महिना दिन बित्ता पनि परराष्ट्र मन्त्रालयले उक्त निर्णय बारे संयुक्त राज्य अमेरिकी सरकारलाई औपचारिक जानकारी नगराएको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालयले उक्त निर्णयबारे संयुक्त राज्य अमेरिकालाई औपचारिक जानकारी गर्न आनाकानी गरेको भन्दै त्यसको विरोध भइरहेको छ । संसद भित्र र संसद बाहिरका नेपाल कम्युनिष्ट पार्टी सहितका राजनीतिक दलहरु तथा नागरिकहरुले परराष्ट्र मन्त्रालयको उक्त कार्यको विरोध गरिरहेका छन् । यसैक्रममा सो निर्णय परराष्ट्र मन्त्रालयले संयुक्त राज्य अमेरिकालाई जानकारी गराउन माग गर्दै आउनु भएका नेकपा (एमाले) सांसद डा.भीमबहादुर रावलले

बुधबारको प्रतिनिधि सभाको बैठकमा रोष्टम कब्जा गरी सो विषय सदनमा जानकारी गराउन सभामुखले सरकारलाई निर्देशन गर्न माग गर्नु भएको थियो । सांसद डा.रावलले रोष्टम कबृजा गरेकै कारण सभामुख सापकोटाले प्रतिनिधि सभाको बैठक स्थगित गर्नु भएको थियो ।