एसपीपी(SPP) सम्झौता खारेज गर्न ४ कम्युनिष्ट पार्टीको माग

काठमाडौं/ देशका क्रियाशील ४ कम्युनिष्ट पार्टीले संयुक्त राज्य अमेरिकाको सँगको राज्य साझेदारी कार्यक्रम (SPP) सम्झौता खारेज गर्न माग गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी) ले शनिबार संयुक्त विज्ञप्ति जारी गरी सो आग्रह गरेका छन् ।

ती पार्टीहरुले एमसीसी सम्झौता र एसपीपी सम्झौताको खारेजी ,आकाशिएको महङ्गी नियन्त्रण तथा भ्रष्टाचार , कालाबजारी जस्ता बेथितिको अन्त गर्नु पर्ने लगायतका माग राखी राष्ट्रिय स्वाधिनता , अग्रगमन र जनजीवीकाका सवालमा यही साउन १० गतेबाट संयुक्त जनसंघर्ष शुरु गरेका छन् । सो संघर्षको कार्यक्रम अन्तर्गत ती पार्टीहरुले गत शुक्रबार विभिन्न स्थानमा कोण सभा आयोजना गरेका थिए भने आज मसाल जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *