कम्युनिष्टहरु नमिले अब हुने संसदीय चुनावमा कांग्रेसले बहुमत मत ल्याउछ : गौतम

काठमाडौं/ पूर्व उप-प्रधान तथा गृह मन्त्री एवं बर्तमान राष्ट्रिय सभाका सदस्य बामदेव गौतमले कम्युनिष्टहरु मिलेर एक ठाउँमा नआए अब हुने संसदीय निर्वाचनमा नेपाली कांग्रेसले बहुमतक्षल्याउने बताउनु भएको छ । रिपोर्टर्स क्लवमा आफ्नो नेतृत्वमा नेपाल कम्युनिष्ट एकता राष्ट्रिय अभियान पार्टी निर्माण भएको घोषणा गर्दै उहाँले सो कुरा बताउनुभयो। तत्कालीन नेकपा (एमाले) र नेकपा (माके) बीच एकता भई बनेको नेकपा (नेकपा)लाई जोगाउन नसक्नुमा सोही पार्टीका अध्यक्षद्वय खड्गप्रसाद शर्मा ओली र प्रचण्ड मुख्य दोषी हुनुका साथै आफू सहित केन्द्रीय सचिवालयका ९ जना पनि दोषी रहेको बताउनुभयो ।

नेता गौतमको अध्यक्षतामा ३७ सदस्यीय सो पार्टीको केन्द्रीय समिति घोषणा गरिएको छ , उहाँका श्रीमती र छोरा पनि त्यस समितिमा रहेको बताइएको छ ।

Leave a Reply