कार्यगत एकतालाई रणनीतिक मोर्चाको तहमा पु-याउने ४ कम्युनिष्ट पार्टीको निर्णय

काठमाडौं/ नेपालका ४ कम्युनिष्ट पार्टी आफू बीचको कार्यगत एकतालाई संयुक्त रणनीतिक मोर्चाको तहसम्म पु-याउन सहमत भएका छन् । आईतबार वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय अनामनगर , काठमाडौंमा बसेको ४ कम्युनिष्ट पार्टीको बैठकले सो निर्णय गर्दै यस प्रक्रियामा सहभागी हुन देशका क्रान्तिकारी, कम्युनिष्ट पार्टी , वामपन्थी , देशभक्त तथा लोकतन्त्रवादीलाई आग्रह गरेको छ ‌। ती ४ कम्युनिष्ट पार्टीको सो बैठकले राष्ट्रिय स्वाधिनता , जनाधिकार र जनजीविकाको सवालमा गरेको निर्णय २०७९ साउन १० गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने उक्त बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गत हप्ता बसेको ती ४ कम्युनिष्ट पार्टी सहित नेकपा(क्रामा) र देजमो सहितको बैठकले आफूहरु बीचको संयुक्त कार्यगत एकतालाई निरन्तरता दिने निर्णय गरेको थियो तर सो निर्णयको मसी सुक्न नपाउदै नेकपा (क्रामा)का नेता तथा देजमोका अध्यक्ष सीपी गजुरेलले उक्त निर्णयप्रति विमती जनाउदै विज्ञप्ति जारी गरेको समाचार सञ्चार माध्यममा प्रकाशित भएको थियो । जसका कारण साझा सवालमा सँगै सहकार्य गर्दै आएका यी ५ कम्युनिष्ट पार्टी र १ मोर्चा वीच खटपट भएको थियो , जसले गर्दा नेकपा (क्रामा) र देजमोलाई छाडेर ४ कम्युनिष्ट पार्टीले संयुक्त कार्यगत एकतालाई अगाडि बढाएर संयुक्त रणनीतिक मोर्चाको तहमा पु-याउने निर्णयमा पुगेको बताइएको छ ।

गत हप्ता बसेको नेकपा (क्रामा) र देजमो सहितको ५ कम्युनिष्ट पार्टी र १ मोर्चोको बैठकमा भने नेता सीपी गजुरेलले सञ्चार माध्यममा प्रकाशित समाचारमा उल्लेख भएको विषयमा केही नबोलेको सोही बैठकमा सहभागी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य कृष्णहरि भट्टको भनाई छ ‌‌।

Leave a Reply