नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दसौदीले आज राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य कुमार दसौदीलाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य दसौदी यही माघ २५ गते दाङ सदरमुकाम घोराहीमा सम्पन्न लुम्बिनी प्रदेशतर्फको राष्ट्रिय सभा सदस्य पदको उप-निर्वाचनमा नेपाली कांग्रेसका मादवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरी विजयी हुनुभएको थियो ।
रुपन्देहीको क्षेत्र धं.५ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेद्वार बन्ने उद्देश्यले करिव १८ महिना कार्यकाल बाँकी छदै लुम्बिनी प्रदेशको तर्फका राष्ट्रिय सभा सदस्य रहेका रुपन्देहीका स्थानीयबासी समेत रहेका नेकपा (एमाले)का राष्ट्रिय सभा दलका नेता खिमलाल भट्टराईले गत असोज २३ गते राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहेको थियो ।





